Recent

This is the omens for the Bada .Gud


काठमाडौँः नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ।
यसवर्ष असोज १५ गते शनिबारबाट नवरात्र अर्थात् दसैँ सुरु हुँदैछ । सो दिन बिहान ८ः३५ बजे घटस्थापनाको साइत राम्रो रहको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।
असोज १६ गते आइतबार बिहान ८ः३७ बजे पूर्व फर्केर झन्डा फेर्नु शुभ हुने समितिले जनाएको छ । असोज २० गते बिहीबार पचली भैरव यात्रा, असोज २२ गते शनिबार तुलजा भवानी यात्रा बिहान ७ः३९ बजे र तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत ८ः४५ बजे जुरेको छ ।
असोज २२ गते फूलपाती परेको छ । फूलपाती भित्र्याउनका लागि साइत आवश्यक नपर्ने अध्यक्ष गौतमको भनाइ छ । असोज २३ गते आइतबार महाअष्टमी र राति कालरात्रि, २४ गते सोमबार महानवमी पर्व परेको छ ।
असोज २५ गते मङ्गलबार दसैँको मुख्य दिन अर्थात् दुर्गाको प्रसाद लगाउने विजयादशमी परेको छ। ‘विजयादशमीका दिन बिहान देवी विसर्जनको साइत ८ः२५ बजे र साइतमा भगवतीको टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि ८ः४५ बजेको साइत शुभ छ, सामान्यतया राज्य सञ्चालकले शुभसाइतमा प्रसाद ग्रहण गर्नु राम्रो हुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ, अन्यले त्यसदिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म टीका, जमरा र प्रसाद ग्रहण गर्न सक्छन्’, उनले भने ।
विजयादशमीकै दिन तुलजा भवानीको यात्रा ११ः२७ बजे र स्थिरासनमा राख्ने साइत ११ः५१ मा शुभ छ । खड्ग यात्रा पनि विजयादशमीकै दिन बिहान ११ः५१ बजे राम्रो रहेको छ ।
असोज २९ गते शनिबार सबै बलि पूर्ति गरी टीका, जमरा र प्रसाद ग्रहण समाप्त हुनेछ । सोही दिन कोजाग्रत पूर्णिमा रहेको समितिले जनाएको छ । रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment