Recent

The tonsils are infected?


बदलिदो मौसमसंगै शरीरमा बिभिन्न प्रकारका रोगले आक्रमण गर्न सक्छ । जसले गर्दा शरीरमा समस्या उत्पन्न भई दैनिक कार्य संचालनमा बाधा निम्त्याउँछ । र समय अनुसार टन्सिल पनि एक रोगका रुपमा उत्पन्न हुन्छ ।

यो प्राय केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लग्न सक्छ्र घाटी दुखने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने जस्ता समस्या उत्पन्न हुन्छन् ।

टन्सिल भएमा तातो पानीको नियमित सेवन गर्नु पर्छ । यसका साथै तातो पानीमा प्याजको रस मिलाएर घाँटीमा कुल्ला गरेमा आराम मिल्नुका साथै यस समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्याजलाई पिसेर जुस निकालेर एक कप मनताते पानीमा मिलाएर घाँटीमा गार्गल गर्ने गर्नु पर्छ । यो दिनमा २ देखि ३ पटकसम्म गर्नु जरुरी हुन्छ । टन्सिलकका लागि यो एक घरेलु औषधि नै हो ।

यस्तो अवस्थामा नियमित रुपमा नुन हालेको मनतातो पानीले गार्गेलिङ गर्नुपर्छ । जसले गलामा आराम मिल्छ ।
अदुवा, इलायची र मरिचको चियाले गलाको खराशमा अधिक आराम मिल्छ ।

यसका साथै आराम गर्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थको सेवन गर्ने फ्रिज को वा अन्य कुनैपनी चिसो चिजको सेवान नगर्नु र चिसो बाट बच्नुका साथै चिल्लो खानेकुराको सेवनबाट टाढै रहुनु पर्छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment