Recent

Tent arrested on child sexual perversities new fact, being investigated by Interpol


बाल यौन दुराचार गर्दै गरेको बेलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले पक्राउ गरेको अमेरिकी नागरिक किन्नेथ जोसेफ कम्बोसले अमेरिकामा पनि बाल यौन दुराचार गर्ने गरेको नयाँ तथ्य पत्ता लागेको छ । 
अमेरिकामा १० औं पटक भन्दा बढी किन्नेथले बाल यौन दुराचार गरेको तत्थ्य पत्ता लागेपछि सिआइबी पनि छक्क परेको छ । सिआइबीका एक प्रहरी अधिकृतले भने ‘यौन दुराचार हुने भनेको गरिब र अशिक्षित भएको ठाउँमा हो । तर अमेरिकामा पनि यौन दुराचार गरेको पत्ता लागेपछि हामी छक्क परेको छौं ।’ अमेरिकामा पनि किन्नेथले बालकहरुलाई फकाएर बारम्बार यौन दुराचार गर्ने गरेको पत्ता लागेपछि किन्नेथ बाल यौन दुराचारीकै लागि नेपाल आएको पनि प्रष्ट भएको सिआइबीले जनाएको छ । उनी नेपाल बारम्बार आउने गर्दा रहेछन्, उनी नेपाल छिरेको भन्ने पत्ता लागेपछि हामीले अनुसन्धान सुरु गरेको थियौं, सिआइबीका डिएसपी ज्ञानेन्द्र फुयाँलले भन्नुभयो, उनलाई हामीले रंगे हात पक्रेका थियौँ । 
सिआइबीले किन्नेचलाई भदौ २४ गते रंगे हात पक्राउ गर्दा उनीसित तीन जना बालक लुगा लगाउँदै थिए । उनी बारम्बार नेपाल आउने र यौन दुराचारमा संलग्न हुने गरेको खबर गोप्य सूचानामार्फत पत्ता लागेपछि सिआइबीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो  । उनी नेपाल आउँदा भने विभिन्न पेशाको मान्छे भएको परिचय दिने गरेका थिए ।

इन्टरपोलमा उजुरी, दुई तीन दिनमा सबै जानकारी नेपाल आउने 

अमेरिकामा पनि बाल यौन दुराचार गरेको रहस्य पत्ता लागेपछि सिआइबीले इन्टरपोलमा उजुरी गरेको छ । इन्टरपोलबाट किन्नेथले अमेरिकामा गरेको बाल यौन दुराचारको सबै विवरण दुई तीन दिनमै आइसक्ने सिआइबीले जनाएको छ । प्रहरीले अन्तर्राष्ट्रिय अपराधी पक्राउ गर्न वा अपराधीका बारेमा जानकारी लिन इन्टरपोलको सहयोग लिने गर्छ । इन्टरपोलमार्फत एक देशमा अपराध गरेर अर्को देशमा लुकेका अपराधीलाई पक्राउ गरिने र अपराधीका बारेमा जानकारी लिने गरिन्छ । 

किन्नेथले बाल यौन दुराचार गरेको बालकको संख्या १० पुग्यो

प्रहरीले रंगेहात तीनजना बालक होटलको कोठा नम्बर ५०३ बाट र पाँच जनालाई एम्बु होटलको परिसरबाट पक्राउ गरेको थियो । किन्नेथ पक्राउ परेपछि पीडित भएको भन्दै अरु दुईजना बालक पनि सिआइबीमा आएको सिआइबीका डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । यो संख्या अझै बढ्ने प्रहरीले जनाएको छ । 

के भन्थे यौन दुराचारी किन्नेथ ?

उनी नेपाल आएर ठमेलको एम्बु होटलमा बस्थे । एम्बु होटलका मेनेजर सुमन अर्याल पनि प्रहरीको कुरा सत्य भएको बताउनुहुन्छ । उनी एम्बु होटलमा बस्ने बेलामा सुरुमै भन्ने गर्थे ‘म नेपाली बच्चाहरुलाई सहयोग गर्न आएको मेरो कोठमा बेला बेलामा बच्चाहरु पनि आउँछन् । तपाईंले माइण्ड गर्न पाउनु हुन्न’ एम्बु होटलका मेनेजर सुमन अर्यालले उज्यालोसँग भन्नुभयो ‘हामीले पनि पर्सनल कुरामा धयान दिने कुरा आएन, उनी आउँदा बेला बेलामा बच्चाहरु आइरहन्थे । 
किन्नेथको कोठमा दुई तीन जना बालक नआएको दिन हुँदैन थियो । बिहान, दिउँसो, बेलुका  प्रायः उनको कोठामा बालकहरु भइरहेको एम्बु होटलका मेनेजर अर्यालले बताउनुभयो । 
किन्नेथले मेरा विद्यार्थी हुन्, मैले पढाएको भन्थे । तर कोठमा लगेर के गर्थे कसैलाई थाहा थिएन । किन्नेथका परिचय फेरिरहन्थ्यो । कहिले उनी एप्स डिजाइनर भन्थे, कहिले आइएनजिओको सिइओ भन्दै नेपालीहरुलाई सहयोग गर्न नेपाल आउने गरेको बताउँथे । तर जब प्रहरीले होटल एम्बुको कोठमा नम्बर ५०३ बाट अर्धनग्न अवस्थामा तीनजना बालक र किन्नेथलाई पक्राउ गर्‍यो, होटल सञ्चालक पनि छक्क परे । 

कस्ता बालक बने किन्नेथको सिकार ?

किन्नेथले यौन दुराचार गरेको बालक १३ वर्षभन्दा मुनिका छन् । एम्बु होटलबाट रंगेहात तीनजना र होटल परिसरबाट पाँच जना गरी आठ जनालाई प्रहरीले उद्धार गरेको थियो । 
उद्धार गरिएका बालकहरु सबै गरिब परिवारका छन् । विभिन्न स्कुलमा जाने सामानहरु बाँड्ने, खानेकुरा बाँड्ने गर्थे किन्नेथ । यसरी बालबालिकालाई सहयोग गरेपछि बालबालिकाहरु किन्नेथको नजिक हुने गरेको र बाल यौन दुराचार गर्न सजिलो हुने गरेको डिएसपी फुयाँलले बताउनुभयो । 
किन्नेथ दाताको रुपमा अनाथालय जाने बालबालिकालाई लुगा बाँड्ने र अमेरिकासम्मको लोभ देखाएर आफूप्रति आकर्षित गर्दै बाल यौन दुराचारको सिकार बनाउने गरेको प्रहरीले जनाएको छ । उनको सिकारमा सडक बालबालिका, घरपरिवारबाट हेरचाह नभएका गरिब बालबालिका, अनाथलयका बालबालिका र गाउँबाट शहर आएका बालबालिका अहिलेसम्म किन्नेथको सिकार भएको सिआइबीले जनाएको छ । उनलाई बाल यौन दुराचार गर्न बालबालिका खोज्ने काम गर्थे स्वयम्भुका २१ वर्षे बुद्ध पतुवार ।

के गर्थे बुद्ध पतुवार ?

स्वयम्भूका बुद्ध पतुवार र किन्नेथको चिनजान दुईवर्ष भन्दा पहिलेदेखि नै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पतुवारलाई बेलाबेलामा पैसा पठाएर आर्थिक सहयोग गर्थे किन्नेथ । नेपालमा आएपछि किन्नेथलाई बालबालिका खोजेर होटलसम्म पुर्‍याउने पतुवार नै हुन् ।
पतुवारलाई पनि सिआइबीले एम्बु होटलबाटै पक्राउ गरेको थियो । उनले बालकहरुलाई मिठो मिठो खुवाउने, फकाउने, नयाँ नयाँ ठाउँ घुमाउन लैजाने र अमेरिकासम्मको लोभ देखाएर किन्नेथलाई भटाउने गरेको सिआइबीका डिएसपी फुयाँलले बताउनुभयो ।  काठमाडौं र पोखरालाई केन्द्र बनाएर बाल यौन दुराचारमा सहयोगीको भूमिकाको काम पतुवारले गर्ने गरेका थिए । 

अहिलेसम्म बालकलाई मात्रै भएको छ बाल यौन दुराचार

विभिन्न देशबाट आएर नेपालमा यौन दुराचार गर्नेको संख्या पनि बढ्दै गएको प्रहरीको बुझाई छ । बाल यौन दुराचारको रुपमा नेपाललाई लिँदै यौन दुराचार गर्नेहरु बढेपछि प्रहरीले पनि त्यसै अनुसार काम गरेको सिआइबीले जनाएको छ । सिआइबीले पहिलो पटक बाल यौन दुराचारको आरोपमा अमेरिकी नागरिक कन्नेथलाई पक्राउ गरेको हो । 
सिआइबीले पक्राउ गरेका अमेरिकी नागरिक किन्नेथले बालकलाई मात्र यौन दुराचार गर्ने गरेको प्रहरीले जनाएको छ । ‘हामीले उद्धार गरेको सबै केटाहरु मात्र छन्’ डिएसपी फुयाँलले भन्नुभयो ।
सिआइबीले मात्र नभएर यस भन्दा अघि महानगरीय प्रहरी अपराध महाशाखाले बाल यौन दुराचार बालकहरुको उद्धार गरेकोमा सबै बालक मात्रै भएको जनाएको थियो । यसरी हेर्दा अहिलेसम्म नेपालमा बालक मात्र बाल यौन दुराचारमा पर्ने गरेको प्रहरीले जनाएको छ । 
‘पुरुषले बाल यौन दुराचार गर्दा पनि बालक नै भेटिएको छ, महिलाले बाल यौन दुराचार गर्दा पनि बालकनै भटिएको छ’ सिआइबीका डिएसपी ज्ञानेन्द्र फुयाँलले भन्नुभयो । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment