Recent

'Deepak congratulated me how many minutes of washing face that made fun of omens'


म चिया प्रेमी । तर चिनी खान्न ।  चिनी नखाएको ४/५ वर्ष भयो । साथी भाईले सल्लाह दिए –चिया धेरै खानेले चिनी नखाँदा राम्रो । त्यसपछि मैले चिनी खानै छोडें । कहिलेकाहीँ आफै पकाएर खान्छु । तर मलाई दिदी बहिनीले पकाउन पनि दिँदैनन् । किनभने मैले मिठो पकाउँदिन । म पनि कति भाग्यमानी पकाउनै पर्दैन, क्या आनन्दले उनीहरुले पकाएको खान पाइन्छ ।
घर किन्दा म एक्लै छु भन्थें, तर अहिले त्यस्तो लाग्दैन । बुवा आइरहनु हुन्छ, विराटनगरबाट । दिदीका छोराछोरी छन् । म एक्लै थिएँ तर अहिले पारिवारिक वातावरणमा छु । दिदीका छोराछोरीसँग छु, कामका लागि बाहिर हुन्छु । मेरो साथमा दीपक हुन्छ । यसैगरी चलिरहेको छ ।
भोलि मेरेर लानु के छ र ? नामसँगै दाम पनि कमाइयो । म पहिरनमा पनि ध्यान दिन्छु । पहिला दुःख थियो, गाह्रो थियो । एउटै लुगा वर्षौं दिन लगाउनु पथ्र्यो । अहिले भगवानको कृपाले फेरि फेरि लाउँछु । एकैदिन धेरै कार्यक्रममा जानुपर्ने हुन्छ त्यसैले म आफ्नै गाडीमा ड्रेस चेन्ज गर्छु । घरमा गएर ड्रेस चेन्ज गर्ने भनेको नाइट ड्रेस मात्रै हो ।
म भगवानमा एकदमै विश्वास गर्छु । म धेरै आस्तिक छु । मैले जे काम गर्दा पनि हेराएर मात्र गर्छु । कहिलेकाहीँ त दीपकले मलाई मुख धुने साइत कति बजेर कति मिनेटमा भनेर जिस्काउँछ ...हा हा हा ...।
मैले पहिलो पटक फिल्म निर्देशन गरे, छक्का पञ्जा । यो सफल भयो । म धेरै खुसी छु  । नो रिक्स नो गेम । रिक्समै मजा छ । यही भनेर हामी अगाडी बढेका थियाैं । आज चोक चोक, गल्लीमा छक्का पन्जाको चर्चा छ, चर्चा हुँदा एस हामीले गरौँ भन्ने लाग्छ ।
८० वर्षका बुवाआमाले फिल्म हेरेर राम्रो गर्यौ छोरी, राम्रो गर्‍यौ छोरा भनेर मलाई र दीपकलाई धाप मार्छन् साह्रै खुसी लाग्छ । हामीले ६ महिना लगाएर स्क्रिप्ट लेख्यौँ । दीपकले भयंकर मिहेनत गरेका छन् यो स्क्रिप्टमा । डायलगका लागि माग्ने बुढा (केदार घिमिर)े र जितुजी (जितु नेपाल)ले पनि सहयोग गर्नुभयो ।
मैले यस अघि निर्देशन गरेको थिइन । क्यामराम्यान र निर्देशक भनेको श्रीमान श्रीमती जस्तै हो । एक आपसमा निकै समन्वय हुनु आवश्यक पर्छ । छक्का पन्जामा स्थापित भइसकेका हाँस्य कलाकार हुनुहुन्छ । फेरि हाँस्य टेलिश्रृँखालाको निर्देशक भइसक्नु भएका कलाकार हुनुहुन्थ्यो । उहाँहरु सबैलाई कथामा बगाउनु मेरो ठूलो चुनौती थियो । उहाँहरुले मलाई धेरै सहयोग गर्नुभयो । यो हाम्रो टीमको सफलता हो । कहिलेकाहीँ सुटिङ गर्दा गर्दै मलाई क्यामेरा अगाडि गएर नाच्न मन लाग्थ्यो । रमाइलो हुन्थ्यो सुटिङमा ।
म कलाको भूत हुँ । कलाकारिताको भूतै छ म मा ।  सुर्के थैली बोलको गीतमा निकै रमाइलो भयो । पूर्व पश्चिम रेल बोलको गीतमा पनि धेरै मेहनत गरें । आफूले निर्देशन गरिरहँदा मलाई नि नाच्न मन लाग्थ्यो । म अरुलाई नाच्न सिकाउँथे । नाच्ने रहर पनि मेटिन्थ्यो ।
म सानो बेलामा खुब नाच्थें । एक दिन त सपनामा नै नाचेछु । अनि नाच्दानाच्दै खाटबाट लडेछु । म र मेरो बहिनी बुवासँग सुत्न मन पराउने । राति सपनामा नाच्दा नाच्दै खाटबाट लडेपछि बुवाले मलाई उठाएर फेरि सुताउनु भएछ ।
म यहाँसम्म आउनुमा दीपकको ठूलो हात छ ।  हामीले एक अर्काको दुःखसुखमा साथ दिन्छौं यहीँ भएर पनि सफल भयाैँ ।
(दीपाश्री निरौलासँग दीपा तिमल्सिनाले गरेको कुराकानीमा आधारित)
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment