Recent

Purvagrhamantri the vehicle fell into Trishuli, carajanakae body bhetiyae


धादिङ :पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी त्रिशुलीमा खसेको छ।मुग्लिनबाट काठमाडौं आउँदै गरेको बा ९ च १५३१ नम्वरको स्कार्पियो जीप आइतबार साँझ चितवनको घोप्टेभीरबाट अपरान्ह पाैँने पाँच बजे नदीमा खसेर बेपत्ता भएको हो।
स्थानीय प्रहरीका अनुसार गाडीमा घिमिरेसहित सातजना थिए। चारजनाको शव भेटिएको र अन्य नदीमा बेपत्ता रहेको जानकारी चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले दिएका छन्। गम्भीर घाइते भएको चालकलाई चितवन अस्पतालमा लगिएको छ।
 घिमिरे नेपाल सरकारका पूर्वमुख्य सचिवसमेत हुन् । गाडी पुरै पानीमा डुबेको र खोजीकार्य जारी रहेको जानकारी प्रहरीले दिएको छ। सेना र सशस्त्र प्रहरी बलको आपत्तिकालिन उद्धार टोली घटनास्थलमा परिचालित छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment