Recent

Goro where the child was born that buried


एजेन्सी । अंडमानमा बसोबास गर्ने जारवा नामक आदिवासी समुदायमा एक बिचित्र प्रथा छ, जुन सुन्दा पनि अचम्ममा परिन्छ । जहाँ कुनै बच्चा कालो नभई गोरो जन्मिए उक्त बच्चालाई मारिदिने प्रचलन रहेको छ । किनकी ऊ दोस्रो समुदायको लाग्नेछ ।


पछिल्लो केही महिनामा त्यहाँ यस्तो बच्चाको हत्याको घटना बाहिर आएको छ । अंडमान पुलिसलाई यो गाह्रो छ कि यो घटनाको छानबिन गर्ने कि जनजातिको परम्परा बचाइराख्ने । गत नोभेम्बरमा एउटा बच्चाको हत्या भएपछि प्रहरीसामु उजुरी दर्ता गराइए पनि प्रहरीले आफ्नो जातिको मानिस भनेर केही कारवाही गरेन ।

सरकारी तथ्याङ्कका अनुसार त्यहाँको जनसंख्या करिव ४०० छ । यी जनजाति अंडमान टापुको उत्तरी भेगमा ५५ हजार बर्षदेखि बसोबास गर्दै आएका छन् । यद्यपी यी जनजाति सन् १९९० मा बाहिरी दुँनियामा आएका थिए । जारवा इलाकामा विदेशी तथा बाहिरी मानिसहरुलाई आउन रोक छ ।

हल यो घटना चर्चामा यसकारण छ कि उक्त घटना प्रहरीले जानकारी पाएपछि कारवाही गरेको थियो । बताइए अनुसार बच्चा जन्मिएको पाँच महिनापछि अचानक गायब भएको थियो र पछि माटोमुनि गाडिएको अवस्थामा फेला परेको थियो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment