काठमाडौंः नेपालले उत्तर कोरियाले गरेको आणविक परीक्षणको भत्सना गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी उत्तर कोरियाले शुक्रवार गरेको पाँचौ आणविक परीक्षणको भत्सना गरेको हो।
परराष्ट्र मन्त्रालयले उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संकल्प र अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै आणविक परीक्षण गरेको भन्दै भत्सर्ना गरेको जनाएको छ। उत्तर कोरियाले गत शुक्रबारमात्र आणविक परीक्षण गरेको थियो।
विज्ञप्तिमा भनिएको छ,‘नेपाल यस्ता आणविक परीक्षणको सधै विपक्षमा छ। हतियारको पूर्ण निःशस्त्रीकरणको नीति लिएको नेपाल उत्तर कोरियाले गरेको आणविक परीक्षणको विरोध गर्दछ। नेपाल सधै उत्तर कोरियामा शान्ति भएको हेर्न चाहन्छ।’
नेपालले यस्ता किसिमका आणविक परीक्षण रोक्न उत्तर कोरियाली सरकारलाई आग्रह समेत गरेको छ। राष्ट्रसंघले समेत उत्तर कोरियाले गरेको आणविक परीक्षणको कडा निन्दा गरेको थियो। उत्तर कोरियाले गरेको आणविक परीक्षणको दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, जापान, रूसलगायत राष्ट्रले पनि निन्दा गरेका छन्।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति


0 comments:
Post a Comment