सामसुङ इलेक्ट्रोनिक्सले विश्वभरका आफ्ना ग्राहकलाई ग्यालेक्सी नोट ७ नचलाउन आग्रह गरेको छ। आफ्नो आधिकारीक वेबसाइटमा कम्पनीले हाल प्रयोगकर्तासँग भएको नोट ७ तत्काल चलाउन बन्द गरेर साट्न आग्रह गरेको छ।
वेबसाइटमा भएको बयानअनुसार उसले विश्वभरीकै ग्राहकसँग नोट ७ अफ गरेर साट्न अनुरोध गरेको हो। उसले सामसुङका आधिकारीक स्टोरबाट नोट ७ साटेर तत्कालका लागि कुनै अर्को फोन चलाउन आग्रह गरेको छ।
केही साताअघि मात्र कम्पनीको फ्ल्यागसिप फोन नोट ७ चार्जमा राख्दा पड्केको घटना बाहिर आएको थियो। योसँगै कम्पनीले सुरुमा बजारबाट नोट ७ फिर्ता मगाएको थियो।

0 comments:
Post a Comment