Recent

Manakariko mother child support from Prison


अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा कारागारमा रहेका आमा र सँगै रहेका उनका छोरा मंगलबार छुटेका छन् ।

अदालतले तोकेको २० हजार धरौटी तिर्न नसक्दा सुकमाया मिजार र उनका ५ बर्षीय छोरा सुजन करीब एक महिनादेखि कारागारमा रहेको समाचार संचार माध्ययममा आएपछि मनकारी ब्यक्तिहरुको आर्थिक सहयोगमा उनीहरुलाई जेलमुक्त गराइएको हो । धरौटी रकम बुझाएपछि सुकमायालाई अदालतले तारेखमा छोडेको छ । मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा उनलाई अदालतले २० हजार धरौटी मागेको थियो । धरौटीका लागि लमजुङको कुन्छा घर भई हाल अमेरिकाको कोलोराडोमा बस्दै आएका कृष्णप्रसाद अधिकारी र दोलखा घरभएका चन्द्र लामाले सहयोग गरेका थिए । लमजुङ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश थापा मार्फत लामाले २० हजार सहयोग गरेका थिए । अधिकारी आफैंले २० हजार ९८ रुपैयाँ पठाएका हुन् । बालकको सहयोगका लागि सामाजिक सञ्जाल ‘न्यानो स्पर्श समूह’ बाट ५ हजार सहयोग प्राप्त भएको पत्रकार दीपक अधिकारीले बताए ।

बालकको उद्दारपछि जिल्ला प्रशासन कार्यालय लमजुङमामा बसेको जिल्ला बालकल्याण समितिको बैठकले बालकको सहयोगका लागि उनको नाउँमा खाता खोल्न सिफारिस गर्ने र नेपाल बालसंगठन अन्तर्गतको कपिलबस्तुको बालगृहमा राख्नलाई सिफारिस गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनका अनुसार बालक १६ बर्ष नपुगुञ्जेल जिल्ला बालकल्याण समितिको सिफारिसमा मात्र उक्त रकम खर्च गर्न पाउने गरि सिफारिस गर्ने निर्णय गरिएको छ ।

लमजुङकै बिचौर माइत भएकी सुकमायाले नवलपरासी कावासोतीका शंकर अछामीसंग दोस्रो विवाह गरेको बताइन् । अछामी जवर्जस्ती करणी र मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । सुकमायाले लमजुङकै श्रीमञ्ज्याङका मंगले मिजारसंग पहिलो विवाह भएको र सुजन उनैबाट जन्मेको बताइन् । एक किशोरीले आफूलाई जवर्जस्ती करणी गरेको र बेचबिखनका लागि लान खोजेको भन्दै शंकरविरुद्ध मुद्दा हालेकी थिइन् । उक्त मुद्दामा सुकमाया पनि तानिएका हुन् ।

सुकमायासँग नागरिकता नहुँदा सुजनको जन्मदर्ता हुन सकेको छैन । ३५ बर्ष पुगेपनि उनले नागरिकता बनाएकी छैनन् । उनको नागरिकता र बालकको जन्मदर्ता नहुँदा कागजी प्रक्रिया मिलाउन समस्या परेको छ

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment