Nepal celebrated the constitution of the year when Japan
नेपालमा संविधान जारी भएको पहिलो बार्षिकोत्सवका अवसरमा जापानमा समेत खुशियालीका साथ संविधान दिवस मनाइएको छ ।
संविधानसभामार्फत् मुलुकको सर्वोच्च कानुन संविधान जारी भएको एक वर्ष पुगेको अवसर पारेर टोकियोमा एक दिन ढिलो गरी मंगलबार साँझ संविधान दिवस मनाइएको हो । संविधान दिवस बिशेष भन्दै टोकियोमा आयोजित कार्यक्रममा जापानस्थित नेपाली राजदुतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले मुलुकले लामो समयको प्रतिक्षापछि संविधान पाएकोमा नेपाली नागरिक खुसी भएको भन्दै कार्यान्वयन गर्नेतर्फ लाग्न आग्रह गरे ।
अर्यालले जापान टाइम्समार्फत् जापानवासी नेपाली र जापानी नागरिकलाई एक सन्देश दिादै नेपाल र नेपालीको संविधानले एक वर्ष पुगेको गौरवको विषय भन्दै पर्यटकीय नगरी नेपालका विश्व शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी लगायत सबैक्षेत्र भ्रमण गर्न र गराउन पनि भनेका छन् ।
संविधान दिवसको खुशियालीमा नेपाली राजदुतावासले रात्रीभोजको आयोजना समेत गरेको थियो । रात्रीभोजमा जापानको संसदीय मैत्री सघंका सभासद्, परराष्ट्र मन्त्रालयका पदाधिकारी, जापानस्थित भारत, पाकिस्तान र बंगलादेशका राजदूत लगायतको सहभागिता थियो ।
त्यस्तै, रात्रीभोजमा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता देव गुरुङ, लिलामणी पोखरेलसहित जापानस्थित विभिन्न भातृसंगठनका प्रतिनिधि, गैरआवासीय नेपाली सघंका प्रतिनिधि, स्थानीय व्यापारीको उपस्थिति थियो ।

0 comments:
Post a Comment