Recent

Two killed in lightning


उदयपुरः जिल्लाको पूर्वी क्षेत्रको सिद्धिपुर गाविस– २ मा आज चट्याङले दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५५ वर्षीय चक्रबहादुर मगर र ५० वर्षीय जगतबहादुर मगर रहेका छन् । उनीहरुको उपचारको क्रममा लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ओम रानाले जानकारी दिए ।

बिहान सुतिरहेका अवस्थामा घर नजिकैको विद्युत्को पोलमा चट्याङ पर्दा दुवैजना घाइते भएका थिए । रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment