Recent

India is not the agenda Amendment to the Constitution of Nepal


एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भारत तर्फ लक्षित गर्दै विदेशीको एजेन्डामा संविधान संशोधन नहुने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘विदेशीको एजेन्डामा अघि सारिएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्न सकिदैन ।’
बारा–काठमाडौँ सम्पर्क मञ्चले दसैँ, तिहार र छठको अवसरमा गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम उले नेपालको हितका लागि मात्र संविधान संशोधन गर्न सकिने प्रष्ट पारे ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले ९० प्रतिशतले सांसदको हस्ताक्षर गरी जारी गरेको संविधानलाई गलत भन्नु पूर्वाग्रही भएको बताउँदै संविधानले सबै जातजातिलाई समेटेको उल्लेख गरे ।
उनले मुलुकको अखण्डता, सार्वभौमिकता, राष्ट्रियतालगायतका विषयमा एमाले कसैसँग पनि नझुक्ने बताउँदै राजनीतिक दलहरुबीच फरक विचार भए पनि संविधानका बारेमा एक धारणा बनाउनुपर्नेमा जोड दिए ।
नागरिकता लिनासाथ कसैलाई पनि देशको राष्ट्रपति वा प्रधानमन्त्री बनाउन नसकिने उनको धारणा छ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा धेरै कुरामा चुकेको नेता नेपालले आरोप छ । रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment