Recent

Bhairahawa Airport, claiming that the ship grassy plains Lights


काठमाडौँ : यति एयरलाइन्सको विमान अवतरणका क्रममा भैरहवा विमानस्थलमा दुर्घटनामा परेको छ।
पाङ्ग्रामा समस्या आएपछि विमान रन वे छोडेर घाँसे मैदानतिर मोडिएको थियो। विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । प्रहरीका नायव उपरीक्षक बेलबहादुर पान्डेका अनुसार मानवीय क्षति नभए पनि विमान क्षतिग्रस्त भएको छ। काठमाडौंबाट भैरहवा उत्रने क्रममा उक्त दुर्घटना भएको हो।
काठमाडौँबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी नंंको विमान अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो। 
विमानमा २९ जना यात्रु थिए। पाँच यात्रु सामान्य घाइते रहेको विमानस्थलले जनाएको छ । घाइतेको युनिभर्सल मेडिकल कलेज अफ साइन्समा उपचार भइरहेको छ।
विमान दुर्घटना लगत्तै नेपाली सेना, विमास्थलका सुरक्षाकर्मीले यात्रुको उद्धार गरेका थिए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
Yati-Air-Accident
 Yati-Air-Accident-11
Yati-Air-1
Yati-Air-Accident22 
 Yati-Air-Accident33
Yati-Air-Accident44
Yati-Air-Lance
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment