Recent

Every morning and evening deputes well, the afternoon school


सोलुखुम्बु, भदौ २९ – बिहान बेलुका पँधेरो, कुवा वा खोला । दिउँसो विद्यालय । सोलुखुम्बुको गुदेलका धेरै बालबालिकाको दैनिकी हो यो । स्कुले बालबालिका बिहान बेलुका जर्किन, बाल्टी वा गाग्रोमा पानी बोक्छन् । दिउँसो विद्यालय जान्छन् । गुदेल–६ चाचालुङ स्थित अमर ज्योति आधारभुत विद्यालयमा कक्षा २ मा पढ्ने आनन्द राईको धेरै समय पानी ओर्सानमा नै बित्ने गरेको छ । उनले भने ‘पानी नजिक छैन । घरमा खान, शौचालयमा प्रयोग गर्न र गाईबस्तुलाई खुवाउने पानी मैले नै ओसार्छु ।’ राईका अनुसार पानीको धारा नजिक नभएपछि एक पटक पानी ल्याउन आधा घण्टा लाग्छ । अमरज्योति आधारभुत विद्यालय कक्षा ३ मा पढ्ने चन्द्रिका कुलुङले पनि हरेक बिहान बेलुका पानी ओसारेर घरमा पानीको व्यावस्था गर्ने गरेको बताइन् । उनले भनिन् ‘घरमा पानी ल्याउने, घरभित्रको सरसफाइको काम गर्ने, भाँडा माझ्ने काम सबै मैले गर्छु ।’  शनिबार भने दिनभरी नै बुवाआमासँग काम गर्ने उनले बताइन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment