यसपाली दसैँमा झरी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविदका अनुसार यो वर्ष मनसुन एक हप्ता लम्बिनेछ ।
सामान्यतया जेठ अन्तिम हप्ता सुरु भएको मनसुन असोज दोस्रो हप्ता सकिन्छ । तर यो वर्ष ५ दिन ढिला गरी असार १ गते सुरु भएको मनसुन असोज १७ गते सकिने मौसमविदले अनुमान गरेका हुन् । असोज १५ गते यस वर्षको घटस्थापना परेकाले दसैँमा झरी पर्ने अनुमान गरिएको हो ।
मौसमविद समिर श्रेष्ठका अनुसार गएको केही वर्षयता मनसुन ढिला सुरु भइ ढिलै सकिन थालेको छ । यसबारेमा जल तथा मौसम विज्ञान विभागले अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
मौसमविद श्रेष्ठका अनुसार बुधबार पनि पूर्व र पश्चिमको मौसम दिनभरी नै बदली भइ केही ठाउँमा पानी पर्नेछ । काठमाडौं उपत्यकासहित मध्य क्षेत्रको मौसम भने विस्तारै खुल्दै जाने र बेलुकी फेरि बदली भइ पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

0 comments:
Post a Comment