]
चिकित्सा क्षेत्र सुधारको पक्षमा निरन्तर लागिरहनु भएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बुधबारदेखि रोल्पाको सुलिचौरमा स्वास्थ्य शिविर सञ्चालन गर्नु भएको छ ।
रोल्पामा स्वास्थ्य शिविर सञ्चालन गर्ने भन्दै डा. केसी मङ्गलबार बेलुकी सदरमुकाम लिबाङ आउनुभएको थियो । बुधबार बिहानै उहाँ सार्वजनिक बस चडेर सुलिचौर जानु भएको हो । एक्लै लिबाङ आउनुभएका डा. केसीले जिल्लाका स्वास्थ्यकर्मीको सल्लाहमा सुलिचौरमा शिविर सञ्चालन गर्नु भएको छ । सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्नु भएका डा. केसीले शिविर सञ्चालन गर्नुभएको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका डा. मिलन बज्राचार्यले बताउनुभयो । शिविर सुरु गर्नुअघि बुधकार बिहानको खाना डा. केसीले प्राथमिक स्वास्थ्य केन्द्रको क्वाटरमा नखाएर बाहिर होटलमा खानु भएको थियो ।
आफूले प्राथमिक स्वास्थ्य केन्द्रको क्वाटरमा खाना खान अनुरोध गरेको भएपनि डा. केसीले नमानेर बाहिर होटलमा खाना खाएको स्वास्थ्य केन्द्रका डा. बज्राचार्यले बताउनुभयो । शिविर बिहीबार बेलुकासम्म चल्ने छ ।

0 comments:
Post a Comment