Recent

No suicide thinking is not made, notice


तपार्इंलाई समस्याले सताइरहेको छ ? निराश हुनुहुन्छ ? जे काम गर्दा पनि सफलता पाउनुभएको छैन ? जिन्दगीको खराब क्षणमा भएको जस्तो लाग्न थालेको छ ? जताततै अन्धकार मात्र देख्नुहुन्छ ?
आफ्नो दैनिकी परिवर्तन हुन थालेको छ ? अब कसरी अघि बढ्ने भन्ने सोच्न सक्नुभएको छैन ? जताततै समस्या र जीवनमा सोचेको कुरा पूरा नभएपछि आत्महत्याको सोच आएको छ ? यो अवस्थामा आत्महत्याको सोच आउनु स्वभाविक हो । 
यो सोच क्षणिक हुन्छ र अप्ठ्यारो परिस्थितिको सामना गर्दा वा त्यो स्थिति काट्न सके हामी हाम्रो भविष्य सफल बनाउन सक्छौं । आत्महत्या समाधान होइन । किनभने आत्महत्या सफल भए तपाईं यो दुनियामा कहिल्यै फर्कन सक्नुहुन्न । असफल भए तपाईंलाई जिन्दगीभरी एउटा पीडा दिनेछ ।
जसले तपाईलाई माया गर्ने व्यक्तिलाई पनि असर गर्छ । आफूलाई माया गर्ने व्यक्तिलाई सधै खुसी देख्ने तपाईंको इच्छा छैन र ? पक्कै पनि छ । त्यसैले मनमा धेरै नराकात्मक सोच आए, केही समस्या भए आफ्नो मिल्ने व्यक्तिलाई त्यो कुरा भन्नुहोस् । जुन कुराले तपार्इंलाई तनाव दिइरहेको छ । त्यो व्यक्ति परिवारका कोही सदस्य पनि हुन सक्छन् वा मिल्ने साथी, आफन्त जो पनि हुन सक्छ जसलाई आफ्नो कुरा खुलस्त भन्न सकियोस । 
यसरी मिल्ने व्यक्तिसँग समस्या साट्दा एउटा न एउटा उपाय पक्कै निस्कन्छ । एकजनाबाट उपाय निस्केन भने अर्को व्यक्तिसँग सुझाव लिन मिल्छ । अथवा आफू नजिकैको मनोचिकित्सक वा परामर्शदाताको सुझाव लिन सकिन्छ । 
यस्तै तपाईंलाई धेरै तनाव भयो भने मनपर्ने काम गर्न सक्नुहुन्छ । त्यो व्यक्तिको स्वभावमा फरक पर्छ । जस्तै कसैलाई किताव पढ्न मन लाग्ला उसले मनपर्ने किताव पढ्ने, घुम्न मन लाग्नेले घुम्न जाने, खेल्ने, व्यायाम गर्ने, नाच्ने, गाउने, साथीभाइसँग भेट्ने, मनको कुरा कापीमा उतार्ने, केही बन्ने इच्छा राख्ने, आफूलाई माया गर्ने व्यक्तिको बारेमा सोच्ने, आफ्नो जीवनको रमाइलो पल याद गर्ने गर्नाले पनि तनाव कम गर्न सकिन्छ । 
यति गर्दा गर्दै पनि धेरै डर लाग्ने, एक्लै बस्न मन लाग्ने, रुन मन लाग्ने, चिच्याउन मन लाग्ने, कराउने, बर्बराउने, कोहीसँग बोल्न मन नलाग्ने, तर्सिने लगायतका समस्या भए मनोचिकित्सक, मनोपरामर्शकर्ता वा मनोविमर्शकर्ताको जान सकिन्छ । यो समस्याको पहिलो चरणमा हुनुहुन्छ भने सामान्य मनोपरामर्शले तपाईंको समस्या समाधान हुन्छ । 
दोस्रो चरणमा छ भने डाक्टरको सल्लाहमा केही समय औषधि खानुपर्छ । त्यो अवस्था र आवश्यकता अनुसार हुन्छ । औषधि खाँदा यी मानसिक रोग निको हुन्छ । यसको लागि परिवारका सदस्यको निकै ठूलो भूमिका हुन्छ । त्यसपछि साथीभाइ, छिमेकीको पनि महत्वपूर्ण भूमिका हुन्छ ।
कसैलाई मानसिक रोग लागेको छ अथवा सुरुवाति चरणमा छ भने सबैले सकारात्मक सोचको भावना जगाउनुपर्छ जसले गर्दा भविष्यमा हुने सक्ने आत्महत्याका घटना रोक्न मद्दत गर्छ । ध्यान गर्नु मानसिक स्वास्थ्यको लागि राम्रो हो ।
तर आत्महत्याको विचार आएको बेलामा ध्यान गर्नुहुन्न । किनभने आत्महत्याको बारेमा मात्र सोचिरहेको बेलामा ध्यान गर्दा यसले आत्महत्याको लागि बढावा दिने विज्ञानले नै पुष्टि गरेको छ । अरु बेलामा भने ध्यान गर्न सकिन्छ । 
जीवन सुन्दर छ, जीवन रहे संसार जित्न सकिन्छ । त्यसैले हामीले ख्याल नगर्दा भविष्यमा ठूलो दुर्घटना गराउन सक्ने यस्तो तनाव अहिले नै कम गर्नु आवश्यक छ । 

(मनोचिकित्सक रिसव कोइरालासँग सजना तिमल्सिनाले गरेको कुराकानीमा आधारित)

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment