Recent

Dasaima elaborate on offer double money


दसैं–तिहारलाई लक्षित गर्दै एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम ‘मेन ब्यालेन्स’ बाट प्रयोग गर्दा काटिएकोमध्ये दोब्बर रकम बोनस ब्यालेन्स फिर्ता पाउनेछन् ।

योजना बिहीबारदेखि लागु भएको कम्पनीले जनाएको छ । एनसेलका प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा सहभागी हुन सक्नेछन् । बोनस रकम ग्राहकले एनसेल नेटर्वकभित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एकपटक मात्र प्राप्त हुनेछ र प्राप्त बोनस त्यही दिन मध्यरातसम्म मान्य हुनेछ ।  

भोलिपल्ट तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन् । एकपटक योजनामा सहभागी भएपछि ग्राहकले योजना अवधिभर प्रत्येक दिन बोनस प्राप्त गर्न सक्नेछन् । योजना ९० दिनका लागि मान्य हुनेछ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment