Recent

Pakistan, India prepare to face


इस्लामाबादः पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो देश कुनै पनि खालका आन्तरिक एवं बाह्य खतरासँग जुध्न सक्षम भएको बताएका छन् । सरिफले एक उच्चस्तरीय बैठकमा यस्तो जानकारी दिएका छन् । बैठकमा सेनाप्रमुख जनरल रहिल सरिफ, राष्ट्रिय सुरक्षा सल्लाहकार नासिर जान्जुआ तथा विदेशसचिव ऐजाज चौधरी सहभागी थिए ।
पाकिस्तान रेडियोका अनुसार उक्त बैठकमा कश्मीरमा मानवाधिकार उल्लंघन भएको भन्दै गम्भीर चिन्ता प्रकट गरिएको थियो । भारतीय सेनाले कश्मीरका जनतामाथि अत्याचार गरेको बताउँदै बैठकले भत्र्सना गरेको थियो । बैठकलाई सम्बोधित गर्दै नवाज सरिफले भने, “संसारलाई थाहा छ, पाकिस्तानले विश्वमा शान्तिका लागि ठूलो त्याग गरेको छ । अरूले भड्काउँदैमा पाकिस्तान भड्कँदैन । हामी निकै संयमित छौं ।'
प्रधानमन्त्री सरिफले सिन्धु जल सम्झौता भारत र पाकिस्तानको आपसी सहमतिमा गरिएको स्मरण गरे । उक्त सम्झौताको मध्यस्थता विश्वबैंकले सन् १०६० मा गरेको उनले स्पष्ट पारे । भारतले चाहेर पनि एक्लै उक्त सम्झौता भंग गर्न नसक्ने सरिफले दाबी गरे ।
पाकिस्तानले कश्मीरी जनतालाई नैतिक एवं कूटनीतिक समर्थन सधैं दिने उनको भनाइ छ । कश्मीरी जनताको चाहनाअनुसार कश्मीर समस्या समाधान नहुँदासम्म पाकिस्तानले उनीहरूलाई सहयोग र समर्थन गरिरहने दृढता व्यक्त गरे ।
पाकिस्तान शान्तिपूर्ण दक्षिण एसियाको पक्षमा भएको सरिफले दाबी गरे । यसका लागि जस्तोसुकै संघर्ष गर्न पाकिस्तान तयार भएको उनले स्पष्ट पारे । पाकिस्तानको अखण्डता कायम गर्न पाकिस्तानी सुरक्षाबलको तयारीप्रति उनले सन्तुष्टि व्यक्त गरे ।
यसैगरी पाकिस्तानी रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले बुधबार कश्मीर स्वतन्त्र भएपछि भारत ध्वस्त हुने बताएका छन् । उनले कश्मीरका जनतालाई पाकिस्तानले नैतिक सहयोग र समर्थन दिने स्पष्ट पारेका छन् । उनले भने, ‘जब कश्मीरमा स्वतन्त्रता आन्दोलन सफल हुन्छ तब भारतको अन्त्य हुन सुरु हुनेछ ।' आसिफले कश्मीरी नागरिकको कुर्बानी खेर नजाने बताए ।
उनीहरूको कुर्बानीले कश्मीर स्वतन्त्र हुने र सिंगो भारत नरहने उनको भनाइ छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले भारतसँग सम्बन्ध सुधार्न निकै कोसिस गरेको दाबी गर्दै त्यसको सकारात्मक जवाफ नआएको उनले दाबी गरे ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment