Recent

Back to Valley Close


मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आइतबारका लागि आह्वान गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता भएको छ ।

पक्राउ परेका आफ्ना नेता, कार्यकर्ता रिहा भएको भन्दै बन्द फिर्ता लिइएको क्रान्तिकारी माओवादीले जनाएको छ । चन्दा असुलीको आरोपमा पक्राउ परेकालाई छुटाउन माग गर्दै शुक्रबार माओवादीको नेवा: राज्य समितिले चक्काजामको गरेको थियो । त्यस क्रममा नेवा: समिति संयोजक दिनेश शर्मा, नेता पवनमान श्रेष्ठ, हरिकृष्ण गजुरेल, शिवराम यादव, राम नेपाली लगायतलाई सुन्धराबाट प्रहरीले पक्रेको थियो ।

काठमाडौंका विभिन्न विद्यालयमा बम राखेर चन्दा आतंक मच्चाएको भन्दै चार जना माओवादी कार्यकर्ता बुधबार पक्राउ परेका थिए । उनीहरुको रिहाइको माग गर्दै माओवादी नेवा: राज्य समितिले आइतबार उपत्यका बन्द लगायतका कार्यक्रम तय गरेको थियो ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment