Recent

Drop-drop becomes the sea is called up.


थोरै पैसालाई पनि राम्रोसँग बचत गर्ने हो भने भविष्यमा सुख-शान्ति प्राप्त हुन्छ । थोपा-थोपा मिलेर सागर बन्छ भनिन्छ । थोरै परिश्रम र सानो बचतले धैरे पैसा जोगाउन सकिन्छ । रासन, बिजुली, ग्याजेट्स, कपडा, पेट्रोल वा फोन बिल्समा केही कटौती गर्न सकिन्छ ।
रासन लिन जाँदै हुनुहुन्छ ?

स्टोरमा जानुभन्दा पहिले पत्रिका पढ्नुपर्छ । विकेन्ड वा कुनै विशेष चाडपर्वभन्दा पहिले मल्स वा स्टोर्समा धेरै खाले योजना निस्कन्छन् । तिनलाई बुझ्नुपर्छ  र आवश्यकताअनुसार सामानको सूची बनाउनुपर्छ । कुन स्टोरमा त्यो योजना चलिरहेको छ, त्यसको नाम पनि लेख्नुपर्छ । यदि कुनै विशेष सामग्रीको कुपन  निकालिएको छ भने कटिङ गरी ब्यागमा राखेर सपिङ गर्न जानुपर्छ ।

    आवश्यक सामानको सूची बनाउनुपर्छ । सूचीलाई दुई-तीन पटक हेर्नुपर्छ । त्यसमा के-कति कुराको आवश्यकता छ, भन्ने विषयमा पुनर्विचार गर्नुपर्छ । कामको व्यस्तताले कसैसित दैनिक सामान खरिद गर्ने समय हुँदैन । महिना वा दुई महिनाको रासन एकसाथ खरिद गर्नुपर्छ । यसबाट खर्चको अनुमान पनि हुन्छ र बारम्बार खरिद गर्ने झन्झट पनि हुँदैन ।

    घरेलु सामानको सपिङ एक्लै गर्नु राम्रो हुन्छ । बालबालिका साथमा छन् भने मम्मी, प्लिज यो चकलेट किनिदिनुहोस् वा त्यो खेलौना चाहिन्छ जस्ता मागबाट बच्न सकिँदैन । त्यसैले सपिङ शान्तपूर्वक र बजेटअनुरूप गर्न एक्लै जानु नै राम्रो मानिन्छ ।

    बजारमा हडबढाउनु हुँदैन । हरेक सामान राम्रोसँग हेरेर मात्र खरिद गर्नुपर्छ । महँगा बेमौसमी फलफूल एवं तरकारी लिनुको साटो मौसमी फलफूल र तरकारीलाई प्राथमिकता दिनुपर्छ ।

वार्डरोब सेविङ

    वार्डरोबबाट पुरानो वा अनुपयोगी कपडा छुट्याउनुपर्छ । यसबाट नयाँ कपडाको आवश्यकता, पुरानोको उपलब्धता र अनुपयोगी कपडाका सम्बन्धमा राम्रोसँग थाहा हुन्छ । कतिपय पुराना कपडालाई पनि नयाँ स्टाइल दिन सकिन्छ ।

    ज्याकेट, कोट, पुलओभर आदि अपि्रलदेखि जूनसम्म र कटन, सुट्स, सर्ट्स र टिसटर््स नोभेम्बरदेखि जनवरीसम्म खरिद गर्नु राम्रो हुन्छ । अझ सिजन वा क्लियरेन्स सेलको लाभ उठाउँदै अर्को मौसमका लागि कपडा खरिद गर्नुपर्छ ।

    घरमै पनि सही तरिकाबाट कपडा धुन सम्भव हुन्छ । यसबाट लन्ड्रीको खर्च कम हुन्छ । कपडालाई ओवरवास गर्नबाट जोगिनुपर्छ । गर्मीमा ड्रायरलाई उपयोगमा ल्याउनु हुँदैन । यसबाट कपडा खुम्चिन्छ र आइरन गर्न समस्या हुन्छ । कपडा सुकाउन ह्याङगर प्रयोग गर्नु राम्रो हुन्छ । यसबाट कपडा कम खुम्चिन्छ ।

    बालबालिकाका पहिरन एकाध इन्च ठूलै खरिद गर्नुपर्छ  । बालबालिकाहरूका लागि धेरै महँगा कपडा खरिद गर्नु हुँदैन । अर्को मौसममा उनीहरूलाई ती कपडा फिट नहुन सक्छन् ।

    मिक्स एण्ड म्याच वार्डरोबको आवश्यक हिस्सा हो । दैनिक प्रयोजनमा आउने केही त्यस्ता पहिरन आफूसँग अवश्य हुनुपर्छ, जसलाई मिक्स एण्ड म्याच गरी लगाउन सकिन्छ । वार्डरोबलाई अस्तव्यस्त राख्नु हुँदैन । एकपटक यसको सरसफाइ गर्नु आवश्यक छ । यसबाट आफूसँग कति र कस्तो कपडा छ भन्ने कुरा थाहा हुन्छ ।

ग्याजेट्स खरिद

    हाइटेक जमानामा सबैजना लेटेस्ट ग्याजेट्स खरिद गर्न चाहन्छन् । कुनै पनि नयाँ ग्याजेट्स लिँदा त्यसको उपयोग कसले गर्ने हो, कति समयसम्म गर्ने हो, वास्तवमा आफूलाई त्यसको कति आवश्यक छ भन्ने विषयमा जानकारी हुनुपर्छ ।

    सेलफोन, कम्प्युटर, ल्यापटप र टेलिभिजन आदि इलेक्ट्रोनिक ग्याजेट्स छिट्टै पुराना हुँदैनन् । त्यसैले कुनै नयाँ ग्याजेट बजारमा आउनेबित्तिकै खरिद गर्नु हुँदैन । केही समय प्रतीक्षा गर्नुपर्छ । अर्को महिना कुनै नयाँ प्रविधि आउन सक्छ । नयाँ ग्याजेट त्यति महँगो छैन र केही समय उपयोगी हुन सक्छ भने मात्र खरिद गर्नु ठीक हुन्छ । पुराना सामानलाई त्यत्तिकै फाल्नु हुँदैन । यदि त्यसको उचित मूल्य प्राप्त हुन्छ भने त्यसलाई बेच्नु राम्रो हुन्छ । यसबाट नयाँ ग्याजेट खरिद गर्न सहज हुन्छ ।

बिजुलीको सदुपयोग गरौं

    एनर्जी सेविङ बल्ब, ट्युवलाइट र ल्याम्प प्रयोग गर्नुपर्छ । यसबाट बिजुलीको बिलमा धेरै हदसम्म बचत हुन्छ । घरमा कुल खपत हुने बिजुलीका बारेमा बुझ्नुपर्छ । कम्प्युटर उपयोग गर्दा बिजुली धेरै खपत हुन्छ । अतः प्रयोग नगरिँदा स्लिप मोडमा राख्नुपर्छ । इलेक्ट्रोनिक्स ग्याजेट्सको प्रयोग भएको छैन भने तिनलाई अफ गर्नुपर्छ । एसी, पंखा र कुलरलाई पनि व्यर्थमा चल्न दिनु हुँदैन । यिनको सरसफाइ गरिरहनुपर्छ ।

    हरेक मौसममा आफ्नो घरको प्रकाश व्यवस्थामा ध्यान पुर्‍याउनुपर्छ । घरमा प्राकृतिक प्रकाशको व्यवस्था मिलाउनुपर्छ । गर्मीमा हल्का रंगको पर्दाले घरलाई राहत प्रदान गर्छ भने चिसोमा गाढा रंगको पर्दाले गर्मी प्रदान गर्छ । एसी, हिटर एवं कुलर आदि हरेक ग्याजेटको प्रयोग आवश्यकताअनुसार मात्र गर्नुपर्छ ।

फोनको बिल समयमै तिर्नुपर्छ

    कुनै पनि स्किम लिँदा अपरेटरसित जानकारी लिनुपर्छ । आफ्नो आउटगोइङ कल्समा लोकल बढी हुन्छ कि नेसनल वा इन्टरनेसनल ख्याल राख्नुपर्छ । यदि इन्टरनेटको उपयोग गर्ने हो भने त्यसमा पनि सचेत रहनुपर्छ । फोन प्रयोग गर्दा समयलाई ध्यान दिनुपर्छ । कतिपय कुराकानी निरर्थक र लामो हुन जान्छ । फोनमा अत्यन्त जरुरी कुराकानी मात्र गर्नुपर्छ । यदि छिमेकीसँग कुरा गर्ने हो भने उनीहरूसँग भेटेरै कुरा गर्नु उचित हुन्छ ।

    मोबाइल फोनमा रिङ टोन वा अन्य कुनै सुविधाका लागि एसएमएस वा कल्स आइरहन्छ । तिनलाई लिँदा फोन बिल बढ्ने-नबढ्ने विषयमा सचेत रहनुपर्छ । हिजोआज घरका सबै सदस्यसित सेल फोन आवश्यक हुन थालेको छ । त्यसमा पनि अलग्गै ल्यान्डलाइन फोन पनि छ । के सबैका लागि फोन आवश्यक छ । सबैको बिल जोड्दा खर्च धेरै हुन्छ । अनावश्यक फोन राख्नु खर्च बढाउनु हो ।

फ्युल सेभिङ

    गाडीको स्पिड ४०-६० किलोमिटर प्रतिघन्टा हुँदा पेट्रोलको बचत हुन्छ । त्यसैले स्पिड कम गर्नुपर्छ अनि दुर्घटनाबाट बचिन्छ र फ्युल पनि बच्छ । महिनामा एकपटक टायर प्रेसर चेक गर्नुपर्छ । यसरी चेक गर्दा गाडी चिसो छ-छैन भन्ने विषयमा विचार पुर्‍याउनुपर्छ । यसबाट प्रेसरको जाँच ठीक ढंगबाट हुन्छ ।

    गाडीको एयर फिल्टरको जाँच गरिरहनुपर्छ । यदि फिल्टरमा धूलो जमेको छ भने त्यसले इन्जिनसम्म ठीक ढंगले एयर पुर्‍याउँदैन । यसबाट गाडीको परफर्मेन्समा प्रभाव पार्छ । रेड लाइटमा गाडीको इन्जिन बन्द गरेर थोरै समय आराम गर्नु ठीक हुन्छ । मौसम ठीक भए एसी अन गर्नु हुँदैन । सिसा खोलेर प्रकृतिको आनन्द लिनुपर्छ । श्रीमान्-श्रीमती एउटै रुटमा जाने हो भने एउटै गाडीले काम चलाउनु राम्रो हुन्छ । यसबाट सडकमा जाम कम हुनुका साथै इन्धन पनि बचत हुन्छ ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment