Recent

US Army special team and the Nepal Army is being trained visesa


काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम सोमबारदेखि सुरु भएको छ ।
नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित श्री महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको स्पेशल फोर्स बीच छाउनीमा तालिम सुरु भएको हो । यो तालिम विभिन्न चरणमा पुरा हुनेछ ।
श्री महावीर गण (रेञ्जर) हे.क्वा., छाउनी र श्री प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगन्ज र पोखरा ईलाकामा करिब दुई महिनासम्म संचालन हुने उक्त तालिममा विशेष अप्रेशनसँग जोडिएका विभिन्न साहसिक र जोखिमपूर्ण अभ्यास सम्मिलित छन्।
यस प्रकारको संयुक्त तालिम नेपाली सेना र अमेरिकी सेनाको स्पेशल फोर्स बीच विगत लामो समयदेखि संचालन हुंदै आईरहेको छ। उक्त तालिम संचालन पूर्व संयुक्त राज्य अमेरिकी टोली साउन २१ गतेसम्म आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेको थियो ।
दुई देश बीचका सैनिकहरु सहभागी भई संचालन हुने यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक संगठनहरुसंग सहकार्य गरी सैनिक कारवाही संचालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जाने सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले बताए।
यस किसिमको संयुक्त तालिम÷अभ्यासबाट दुई देशका सेनाको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवं सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment