Such are the consequences of the problem High Hill
हाई हिल महिलाका बीच फेसन नै भैसकेको छ । हाई हिलमा हिड्दा र स्मार्ट त देखिएला तर यसले स्वास्थ्यमा पार्ने असर कमैलाई मात्र थाहा होला । जब चाल र शरीरको सन्तुलन बिग्रन थाल्छ अनिमात्र थाहा हुनेछ हाई हिलको प्रभाव । आजभोलि बच्चैदेखि हाई हिल लगाउने फेसन सुरु भएको छ । बच्चा अबस्थामा लगाएको हाई हिलले युवा अवस्थामा कुर्कुच्चा र मेरुदण्डमा नराम्रो प्रभाव पार्छ ।
सुरुको अवस्थामा हिलले खुट्टा सुन्निन्छ भने केही बर्षपछि लगातार खुट्टा दुख्ने, नशामा समस्या, कम्मर दुख्ने जस्ता समस्या आउँछ । लगातार हिल लगाउने युवतीको खुट्टाको अगाडिको भाग चौडा भई खुट्टाको स्वरूप नै बिगार्छ ।
हाई हिलका कारण दुर्घटनामा परेर विश्वभर बर्सेनि सयौं युवती अस्पतालसमेत जानु परेको छ । एक अनुसन्धानअनुसार लामो समयसम्म हिल जुत्ता प्रयोग गर्ने एक तिहाई महिलामा खुट्टाको औंला सुन्निने ९ हेमरटोज० देखि टाङको नसामा स्थायी समस्या पनि आउन सक्छ ।
अर्को अनुुसन्धानअनुसार दशमध्ये एक महिलाले सातामा तीन दिन हाई हिल जुत्ता लगाउछन् । यीमध्ये एक तिहाई लामो हिलका कारण लड्ने वा दुर्घटनामा पर्छन् । हाई हिल लगाउँदा शरीरको कम्मरभन्दा तलको भाग अगाडि झुकेको हुन्छ । यसलाई सन्तुलनमा ल्याउन मेरुदण्डको अवस्था परिवर्तन गरिरहनु पर्छ । यसले कम्मरको नशामा दबाब पार्छ । यसबाट साइटिका नामको रोग लाग्ने संभावना बढी हुन्छ ।

0 comments:
Post a Comment