Saudi Arabia is one of 48 Nepalis stranded in critical condition
कामका लागि साउदी अरब पुगेका ४८ जना नेपाली अलपत्र परेका छन् । रोजीरोटीका लागि झण्डै सात महिना अघि साउदी पुगेका उनीहरु कम्पनीमा भने जस्तो काम र काम अनुसारको दाम नपाएका कारण अलपत्र परेका हुन ।
कम्पनीले बस्ने कोठा, खाने व्यवस्था समेत नगरिदिए पछि उनीहरु समस्यामा परेका हुन । काठमाडौंको सिनामंगलमा रहेको जेबिआर एसोसिएट प्राइभेट कम्पनीमार्फत साउदी गएका उनीहरु ६ महिना देखि अलपत्र परेका हुन ।
मासिक १२ सय रियाल तलब र तीन सय खानाका लागि र बस्ने सुविधा पाउने भन्दै उनीहरुले साउदी आउँदा प्रतिव्यक्ति ८५ हजार देखी एक लाख रुपैयाँसम्म म्यानपावार कम्पनीका सञ्चालक दिपक घिमिरेलाई बुझाएको पीडितहरुले बताएका छन् ।
साउदीको हायलमा सानाफ इन्टरनेशनल नामक कामदार सप्लाई कम्पनीमा सामान्य मजदुरीका लागि आएका उनीहरुले साउदी पुगेको तीन महिनासम्म काम गरेको र काम गरेवापतको पैसा नदिएपछि उनीहरु समस्यामा परेका हुन । ‘हामीलाई कामका लागि दुई तीन महिना काम गर्ने ठाउँमा पठाइयो । तर जती काम गरे पनि पाउनु पर्ने केही पाएनौ ।’ अलपत्र अवस्थामा रहेका नेपालीहरुले भने । ‘काम गरे अनुसार दाम नदिए पछि हामीले काम बन्द गरेर बसेका हौं ।’ अलपत्र मध्ये एक सञ्जय मुखियाले भन्नुभयो ।
कम्पनीमा आएका ५४ जना नेपाली मध्ये ६ जनाले कम्पनी छोडेर अवैधानिक रुपमा काम गरिरहेका छन् । बाँकी ४८ जना भने कम्पनीको मजदुर क्याम्पको छतमा रातदिन गुजारिरहेका छन । अलपत्र नेपालीहरुले आफुले काम गरे बापतको रकम पाए नेपाल फर्किन चाहेका छन भने बाँकीले समयमै काम र दाम दिए अझै केही समय कम्पनीमा काम गर्न चाहेको बताएका छन् ।
‘साउदी आउँदा लागेको ऋण तिर्न पाए फर्किने थियौं, कमाउने कुरो त अब सपना भयो ।’ अलपत्र मध्ये सप्तरीका राकेश दाशले भन्नुभयो । समस्यामा परेर खुल्ला आकाश मुनी रात दिन गुजारिरहेका उनीहरुलाई प्रवासी नेपाली समाज साउदी अरबले रकम संकलन गरेर खानाका लागि सहयोग गरिरहेका छन ।
अलपत्र नेपालीको अवस्था जटिल बन्दै गएको छ । अलपत्रमध्ये धेरै जसो तराइका युवाहरु धेरै छन । उनीहरुमध्ये भर्मैया ९ जिरामत, सर्लाहीका उमेश महतो विरामी परेर नाजुक अवस्थामा रहेको सहयोगी रमेश भण्डारीले जानकारी दिनुभयो ।
उनीहरुलाई साउदी अरब पठाउने म्यानपावारका प्रमुख दिपक घिमिरेसँग नेपालमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको भण्डारीले बताउनु भयो । घिमिरे कामदार मागपत्रको खोजीका लागि साउदीमा नै आएको थाहा पाएर नेपाली दूतावासका कर्मचारी रामप्रसाद सापकोटाले फोन गर्नुभएको थियो ।
तर दुतावासको समेत सम्पर्कमा नआएका कारण त्यस म्यानपावर व्यवसायीलाई कारवाहीका लागि दूतावासमार्फत सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी भएको सापकोटाले जानकारी दिनु भयो ।

0 comments:
Post a Comment