Recent

7 women arrested, broker absconding


भारत हुँदै बैदेशिक रोजगारीमा गइरहेका सात जना महिलालाई प्रहरीले कैलालीको फूलबारीमा पक्राउ गरेको छ । एक जना स्थानीय दलालले भारतको दिल्ली लगेर विदेशमा काम लगाई दिने प्रलोभन दिएपछि धनगढी उपमहानगरपालिका १८ को बहुलिया घाट पार गरेर भारत गइरहेका महिलालाई प्रहरीले बुधबार पक्राउ गरेको हो । 
मोहना नदी पार गर्न डुंगामा बसिरहेको बेला शंका लागेर पक्राउ गरेको बहुलिया सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेरसिंह कुँवरले बताउनुभयो । पक्राउ पर्नेमा चितवनको लोथराजकी १९ वर्षे रोजिना चेपाङ, १८ वर्षे रसनी पर्जा, उदयपुरको बलम्पा २ की ४३ बर्षीया बिनिता परियार, बेलटार नगरपालिका ९ की ४० वर्षे देवी राई छन् ।
यस्तै सल्यानको सल्यान ७ की २६ वर्षे गिता विक, नवलपरासीको दाउन्ने  ६ की २० वर्षे  सर्मिला गुरुड्ड, २२ वर्षे कमला दराई छन् । उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताउनुभयो ।
दलाल भने फरार भएको प्रहरीले जनाएको छ । 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment