Recent

Modi congratulated Prachanda on the phone, giving him an invitation to visit India


काठमाडौँः नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री निर्वाचित भएर निजी निवास जाँदै गर्दा प्रचण्डलाई मोदीले टेलिफोन गरेर बधाई दिएका हुन् । 

अन्नपूर्ण अनलाइनसँग कुरा गर्दै प्रचण्डका सहयोगी जोगबहादुर महरा ‘प्रताप’ले भने, ‘मोदीले सर्वप्रथम बधाई दिदै कार्यकालको सफलताको शुभकामना दिनुभएको छ र मौखिक रुपमा भारत भ्रमणको निम्तो समेत दिनुभएको छ ।’
त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले भने प्रचण्ड निवासमै पुगेर प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा प्रचण्डलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment