Recent

Manipulated purvamukhyamantri suicide


भारत अरुणाञ्चल प्रदेशका निवर्तमान मुख्यमन्त्री कलिखोपुलले ४७ वर्षको उमेरमा मंगलबार आत्महत्या गरेका छन् । गत महिनाको जुलाइमा अदालतको आदेशलगत्तै वर्खास्तगीमा परेपछि उनलाई  डिप्रेसन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आफ्नो पद गुमेपनि कलिखोपुल मुख्यमन्त्रीको सरकारी निवासमै बस्दै आएका थिए । सन् १९९५ देखि राजनीतिक यात्रा सुरु गरेका कलिखोपुल सन् २००३ देखि २००७ सम्म अरुणाञ्चल प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको र लगतार ५ पटक विधानसभामा निर्वाचित हुँदै आएका थिए । उनको आत्महत्याको खबर फैलिए लगत्तै अरुणाञ्चल राज्यभर उनका सर्मथकले निवर्तमान मुख्यमन्त्रीको हत्या भएको भन्दै प्रर्दशन गरेका छन् । यसलगत्तै वर्तमान मुख्यमन्त्री पेमा खांडूको बिरोध गर्दै उनको लगानीमा बनेका भवनहरुमा आगजनी भएको छ । उनले स्कुल जिवनमै पटक पटक आत्महत्याको प्रयास गरेको सञ्चामाध्यमहरुले जनाएका छन् ।     
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment