Recent

36 student hostels eaten sick


झापाको बिर्तामोडमा विषाक्त खाना खाँदा ३६ जना विद्यार्थी बिरामी भएका छन् । बिर्तामोडस्थित कञ्चनजंगा इन्स्टिच्युट अफ हेल्थ साइन्स कलेजमा नर्सिङ अध्ययनरत करिव ३ दर्जन विद्यार्थीलाई एकैपटक झाडावान्ता भएको हो । सोमबार बेलुकी खाना खाएर सुतेका विद्यार्थीहरुलाई बिहान ३ बजेपछि झाडावान्ता हुन थालेको हो । उनीहरुलाई तारन्तार झाडावान्ता भइरहेको छ । पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत करिव ३ दर्जन विद्यार्थीलाई उपचारको लागि विर्ता सिटी अस्पतालमा भर्ना गरिएको छ । भर्ना गरिएका मध्ये ३/४ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । बेलुका साधारण खाना खाएर सुतेपनि उनीहरुलाई फुड प्वाइजनिङ भएको हुन सक्ने उपचारमा संलग्न डा.सुदीप भट्टराईले बताए ।  ‘साधारण खाना भए पनि बासी हुन सक्छ ।’ उनले भने, ‘बासी खानाले झाडावान्ता हुन्छ ।’  
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment