Recent

London, blind knife attack


बेलायतको राजधानी लण्डनमा एक व्यक्तिले मानिसमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन्।

चक्कु प्रहारबाट एक महिलाको ज्यान गएको छ। अन्य पाँच जना घाइते भएका छन्। रसल स्क्वायरमा आक्रमणकारीले चक्कु प्रहार गर्न थालेपछि स्थानीयले प्रहरीलाई फोन गरेका थिए। त्यसपछि मात्रै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेको थियो।

प्रहरीले रसल स्क्वायरबाट एक पुरुषलाई पक्राउ गरेको छ। यो आतंककारी आक्रमण हो कि होइन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनापछि सुरक्षा चेकजाँच बढाइएको बिबिसीले जनाएको छ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment