Recent

Salman, Deepika to meet the shooting is stopped arriving


भारतः एउटा विज्ञापनको सुटिङका क्रममा रहेका बलिउडका सुपरस्टार सलमान खानले जब दीपिका उनी भएको स्टुडियोमा छिन् भन्ने थाहा पाए, उनी सुटिङ नै रोकेर दीपिकालाई भेट्न गए । त्यस क्रममा उनीहरूले लगभग दुई घन्टा गफगाफ गरे । सलमान दीपिकासँग गफिन थालेपछि दुई घन्टा सुटिङ रोकिएको हो ।
बलिउडका दुई हस्तीको एउटा इभेन्टमा चिनजान भएको थियो । त्यसपछि उनीहरू दुवैमा असल खालको केमिस्ट्री बन्दै आएको छ । उनीहरूको हिमचिम बढ्नुको कारण भने दीपिका र सलमान फिल्ममा सँगै काम गर्न लागेको भनेर अनुमान लगाइएको छ ।  
कट्रिना र सलमान यति बेला निकै विवादास्पद पात्र हुन् । सलमानको नाम विभिन्न युवतीसँग जोडिँदै आएको छ । भर्खरै पनि उनको गर्लफ्रेन्ड लुलियाको बर्थ डे पार्टी सलमान खानले नै दिएको खबर आएको थियो ।
दीपिका भने उनका पूर्वप्रेमी रणवीर कपुरसँग प्रेममा रहँदा र ब्रेकअप भएपछि पनि उत्तिकै चर्चामा रहिन् । यति बेला भने उनी नयाँ प्रेमी रणवीर सिंहसँगको सम्बन्धका कारण निकै गसिप बनेकी छन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment