Recent

Iijima 30 bus will arrive in two weeks


काठमाडौं: काठमाडौँ महानगरपालिकाको दश करोड लगानीमा साझाले ल्याउन लागेको तीसवटा बस दुई साताभित्र काठमाडौँ आइपुग्ने भएको छ।
साझा यातायातका कामु निर्देशक महेन्द्रराज पाण्डेकाअनुसार ढिलोमा दसैँ अघि नै उपत्यकामा साझाका नयाँ बस गुड्ने छन्। साझाले हाल उपत्यकामा तीनवटा रुटमा १६ वटा बस सञ्चालन गरिरहेको छ।
'दुई हप्तामा बस काठमाडौँ आइपुगे पनि दर्ता प्रक्रिया, सिसी टिभी जडान, कर्मचारी भर्ना र रुट पमिट लिनुपर्ने हुँदा असोजको तेस्रो सातादेखि मात्रै यात्रुले नयाँ बस चढ्ने पाउनेछन्,'पाण्डेले भने।
पाण्डेका अनुसार अब आउने नयाँ ३० वटा बस अहिले कायम रुटका साथै केहीलाई रत्नपार्क–भक्तपुर रुटमा गुडाउने तयारी छ। पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइका बीच पनि यात्रुलाई गन्तव्यमा पुर्याइरहेको र यो कार्यको सराहना गर्दै गत भदौ २ गते प्रधानमन्त्री पुष्प कमल दाहालले साझाको सेवा विविधिकरण गर्न र गुणस्तरीय बनाउन निर्देशन दिएका थिए।
काठमाडौँको ट्राफिकको बढ्दो चाप र यात्रुको बेहोर्नु परेको सास्तीलाई ध्यानमा राखी साझा बस थप्न लागिएको कामपाको भनाइ छ। काठमाडौँ उपत्यकामा ठूलो आकारको बसको आवश्यकता महसुस गरी साझाको यो योजनामा दश करोड लगानी गरेको काठमाडाैं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment