Recent

Three million victims of a sex trafficking in the world


काठमाडौं: विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन्।
चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा अाइतबार काठमाडाैंमा आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले दैनिक लाखौँ चेलिबेटी बेचबिखनको सिकार बन्दै आएको बताए।
उनले भने,'दिनहुँ नेपालमा धेरै महिला चेलिबेटी बेचबिखनको सिकार बनेका छन्। त्यसलाई रोक्न मानवअधिकार आयोग दृढ भएर लागेको छ।' उनले चेलिबेटी बेचबिखन सीमानाकाबाट बढी हुने हुँदा बेचबिखनलाई रोक्न नेपाल प्रहरीको सक्रियता बढाउनु जरुरी रहेको उल्लेख गरे।
समूहका सल्लाहकार भारती सिलवालले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको उल्लेख गर्दै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको स्मरण गराए। समूहको संस्थापक अध्यक्ष दुर्गा घिमिरेले नक्कली बिहेको नाउँमा नेपाली चेलिबेटी बेचबिखन भइरहेको बताए।
संस्थाकी अध्यक्ष डा उषा पोखरेलले गरिबीका कारण चेलिबेटी बेचबिखन फस्टाउँदै गएको बताउँदै यसलाई नियन्त्रण गर्न सबै पक्ष एक हुनु जरुरी रहेको बताइन्।
कार्यक्रममा महिला र बालबालिकाको अधिकारका काम गर्दै आएकी अधिकारकर्मी दुर्गा घिमिरे र चितवन जिल्लाका जिल्ला न्यायाधीश टेकनारायण कुँवरलाई सम्मान गरिएको थियो। रासस
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment