Recent

GHAKHANCHI Jeep accident: 11 killed, 6 injured


अर्घाखाँचीको सन्धिखर्कबाट प्युठानको बादीतर्फ जाँदै गरेको जीप हसंपुरमा दुर्घटना हुदा ११ जनाको ज्यान गएको हो । ६  जना घाइते भएका छन् ।
बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर गाविसको रतनमारे नजिक पोषपाटामा दिउँसो १ बजे दुर्घटना भएको थियो । ९ जनाको घटनास्थलमा र २ जनाको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।दुर्घटना  ६ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पतालमा सन्धिखर्कमा उपचार भइरहेको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइेतहरु जिवलाल पोख्रेल, अनुज, एकता कुँवर, सुरेश खनाललाई थप उपचारका लागि बुटवल पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी घिमिरेले बताउनुभयो ।

दुर्घटनामा ज्यानेहरु

नाम                                           ठेगाना

कमला पौडेल (३६ वर्षे)              अर्घाखाँची धारपानी–६
रामबहादुर घर्ती                       हंसपुर – ५
मिन बहादुर केसी                    हंसपुर – ५
चेतबहादुर थापा                       हंसपुर – १
गाडी धनी नारायण राना           किमडाँडाँ
सिता नेपाली                           सन्धिखर्क – २
हुमबहादुर घम                         हंसपुर – २
शिप बहादुर कुमाल                गुल्मी पुर्कोटदह
भेस बहादुर थापा                   गुल्मी पुर्कोटदह
बुद्धिराम परियार                    गुल्मी पुर्कोटदह
शोभा सिंह रोका मगर             बांगेमरोठका 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment