The vehicles were carrying the dead man's list was my name
मैंले टिकट पाएको भए, मेरो नाम पनि मरेका मानिसको सूचिमा पर्ने थियो होला । नमरेको भएपनि घाइतेको सूचिमा त पक्कै पर्ने थियो । मेरो ज्यान पनि डाडापाखामा गुल्टदै गरेका तीनै मानिसको समूहमा हुन्थ्यो होला ।
मैले आँखा चिम्लदा पनि त्यो दर्दनाक दृश्य मेरो आँखा अगाडि आइरहन्छ, मेरो खुटटा अझै पनि थरर्र भइरहेको छ । सन्धिखर्कबाट म नअटाएको त्यो जीप हंसपुरमा दुर्घटना भयो । दुर्घटनामा ११ जनाको ज्यान गयो । तर म भाग्यले बाँचे ।
म सन्धिखर्कबाट गुल्मी जानको लागि त्यहि जीपमा चढ्न आँटेकी थिए । घर जान बाटोमा थोरै हिड्नुपर्ने भएकोले मलाई जतिसक्दो चाँडै घर पुग्नु थियो । त्यसैले म सन्धिखर्कमा हतारहतार टिकट लिन काउन्टरमा गए । जम्मा १५ जना अट्ने यो जीपमा १३ वटामात्र टिकट काट्ने व्यवस्था थियो । म ढिला भएछु, टिकट पाइन । सा¥है दुख लागेको थियो घर जान पाइन । टिकट नपाउँदा कस्तो दुर्भाग्य घर पुग्ने ढिलो हुने भयो भन्ने ठानेकी मलाई भने अहिले टिकट नपाउनु नै भाग्य हो जस्तो लागि रहेको छ ।
मलाई जसरी पनि त्यहि गाडीमा जानु थियो जुन गाडी दुर्घटनामा परेको थियो । टिकट नपाएका मानिस पनि जीपमा चढेका थिए । तर मलाई किन किन जान मन लागेन । म त्यो गाडी गएको वाल्ल परेर हेरेर बसें ।
गाडीको क्यू डेढ घन्टाको थियो । डेढ घन्टा ढिलो जाने गाीको सिटमा बसिरहँदा मलाई त्यो गाडीमा गएको भए यहाँ पुग्थे र त्यहाँ पुग्थे भन्ने कल्पना गरिरहेको थिएँ । दुर्घटनामा परेको गाडी छुटेको डेढ घन्टापछि म बसेको दोश्रो जीप पनि सन्धीखर्कबाट छुटेको थियो । हामी गाडीमा गुड्दै थियौ, एक्कासी ड्राइभर दाइको मोबाइलमा घन्टी बज्यो । ड्राइभर दाइको पहिलो आवाज हेलो सामान्य भएपनि दोस्रो आवाज आम्मैले हामीलाई झस्कायो । फोनमा गरिएको कुराकानीले नै प्रष्ट थाहा भयो दुर्घटना भएछ ।
सुरुमा त सामान्य दुर्घटना होला भन्ने लाग्यो । तर जतिबेला हामी चढेको जीप दुर्घटना भएको हंसपुरमा पुग्यो । म थरर्र काप्न थाले । गाडी सडकबाट निक्कै तल खसेको थियो । स्थानीयबासिन्दाले मृतकका शवलाई टिपेर माथि सडकमा ल्याउँदै थिए । त्यो सबै देख्दा मलाई आज भाग्यले बचायो भन्ने लागिरहेको छ ।
- गुल्मीकी अनिता पन्थीसँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित ।

0 comments:
Post a Comment