Recent

Employment in Nepal that came to a thousand three hundred 9 8 foreigners


देशमा अवसर नपाएर लाखौं नेपाली वैदेशिक रोजगारीका लागि बिभिन्न देशमा पुगेका छन् । तर, विश्वका बिभिन्न देशका एक हजारभन्दा धेरै विदेशी भने नेपालमा श्रम भिसा लिएर काम गर्दै आएका छन। अध्यागमन व्यवस्था विभागका अनुसार एक हजार तीन सय ९८ जना विदेशी नेपालमा कामदार भिसामा कार्यरत छन् । धेरैजसो हाइड्रोपावर र एनजिओमा कार्यरत रहेको विभागले जनाएको छ । ‘मन्त्रालयको सिफारिसमा वर्किङ भिसा’ केही उच्च तह र केही सामान्य किसिमको कामका लागि नेपालमा ‘वर्किङ भिसा’ लिएर बस्दै आएका छन् । ‘वर्किङ भिसा’मा काम गर्नेहरु धेरैजसो जलविद्युत र एनजिओ क्षेत्रमा छन् । गृहमन्त्रालयको कार्यादेश र बिभिन्न मन्त्रालयको सिफारिसका आधारमा आफूहरुले ‘वर्किङ भिसा’ दिने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले बताए । उनका अनसार तीन हजारभन्दा धेरै विदेशी नेपालमा व्यावसायमा छन् । आर्थिक वर्ष ०७२र७३मा तीन हजार एक सय ७८ विदेशीले नेपालमा व्यावसाय गर्न भिसा लिएका छन् । नेपालमा व्यावसाय गर्नेमध्य सबैभन्दा धेरै चिनियाँ छन् । चिनियाँपछि कोरियन र जापानी छन् । भारतीयको हकमा भने भिसा लिनु आवश्यक छैन । नेपालमा अध्ययन गर्न आएका विदेशी विद्यार्थी एकहजार नौ सय ११ छन् । मेडिकल र भाषा पढ्न विदेशीहरु नेपाल आउने गरेका छन् । त्यसैगरी ४२ जना विदेशी नेपालमा आवासीय भिसा लिएर बसेका छन् । आवासीय भिसा लिएर जति वर्ष पनि बस्न पाइन्छ । त्यसका लागि आर्थिक स्रोत देखाउनुपर्ने हुन्छ । अाजकाे नयाँ पत्रिकामा समाचार छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment