pregnant woman died due to excessive bleeding
अत्यधिक रक्तस्रावका कारण पश्चिम रोल्पाको तालाबाङ्मा शनिबार एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ ।तालाबाङ–८ बुढागाउँकी सुकु घर्तीमगरलाई प्रशव बेथा लागेपछि स्वास्थ्य चौकी तालाबाङ पु¥याइएको थियो ।
अत्यधिक रक्तस्राव हुँदा स्वास्थ्य चौकीमै उनको मृत्यु भएको हो । तर उनले जन्म दिएको बच्चा भने जिवित रहेको बताइएको छ । मृतक घर्तीले गर्भवती भएपश्चात् चारपटकसम्म स्वास्थ्य संस्थामा गएर गर्भजाँच गराउनुपर्नेमा त्यसो नगरेको तालाबाङ स्वास्थ्य चौकीका अहेब पदमबहादुर घर्तीले बताउनुभयो ।
कम उमेरमा गर्भवती हुने, स्वास्थ्य चौकीको दूरी टाढा हुने, चारपटकसम्म प्रसूति जाँच गराउनुपर्नेमा नगर्ने, सुत्केरी स्याहारमा ध्यान नदिने कारण सुत्केरी तथा गर्भवती महिलाको मृत्यु हुने गरेको जिल्ला अस्पताल रोल्पाका सिनियर अहेब कुलबहादुर डाँगीले जानकारी दिनुभयो ।
शिशु तथा मातृ शिशुदर कम भएको भनिएपनि रोल्पा जिल्लामा एक हप्ताको बीचमा एक शिशु र एक गर्भवती महिलाको मृत्यु भएको छ । केही दिन अगाडि रोल्पाको घोडागाउँ–८ थुम्पाकीमा आठ महिने एक शिशुको समेत मृत्यु भएको थियो । रासस

0 comments:
Post a Comment