The pacemaker may know about the things
मुटु एउटा शक्तिशाली मांशपेशीय अंग हो । जसले शरीरको विभिन्न अङ्गमा रगत पम्प गर्ने काम गर्दछ । मुटुमा चार कोठा हुन्छन् । दायाँ अरिकल र भन्ट्रीकल, बायाँ अरिकल र भेन्ट्रीकल । वयस्क निरोगी मानिसको मुटु एक मिनेटमा ६० देखि १०० पटक जति धड्कन्छ । मुटु धड्कनको लागि मुटुमा विद्युतीय करेन्ट निस्कनु पर्ने हुन्छ । जुन साधारणतया साइनस नोडबाट निस्केको विद्युतीय करेन्ट अरिकल र भेन्ट्रीकलको बीचमा रहेको ए.भी नोड हुँदै भेन्ट्रीकलमा प्रवेश गर्दछ र मुटु धड्कन्छ ।
मुटुको धड्कन आवस्यक भन्दा कम भएमा शरीरमा आवश्यक मात्रामा रगत पम्प गर्न नसक्ने हुन्छ । यसले गर्दा बिरामीहरुलाई चक्कर लाग्ने, सास फेर्न गाहे हुने, मुर्छा पर्ने र मृत्यु समेत हुनसक्छ । यो मुख्यतः दुईवटा कारणले हुने गर्दछ । एउटा साइनस नोडमा गडबडी देखिएमा जसलाई सिक साइनस सिन्ड्रम र अर्को ए.भी. नोड मा गडबडी देखिएमा जसलाई हार्टब्लक भनिन्छ । यस्तो पेसमेकरले जीवनलाई सहज बनाउन र मुटुको अवस्था जानकारी गराउँन मद्दत गर्छ ।
पेसमेकर धातुको सानो यन्त्र हो जसमा ब्याट्री र विद्युतीय सर्किट हुन्छ र त्यसबाट एउटा विद्युतीय तार निकाली मुटुको कोठासम्म पु¥याउँन संभव बनाइएको हुन्छ । यो धातुको यन्त्र सानो कम्युटर जस्तो हुन्छ जसले मुटुको धड्कन पहिचान र निगरानी गरेको हुन्छ । मुटुको धड्कन कम हुँदा पेसमेकरले तुरुन्त थाहा पाउँछ र पूर्व निर्धारित गरेको गतिमा विद्युतिय करेन्ट निकाल्छ । मुटु सोही अनुरुप धड्कन्छ । आफ्नै मुटुको धड्कन ठिक भएको अवस्थामा पेसमेकर चुप लागेर बस्दछ ।
पेसमेकर दुई प्रकारका हुन्छन् । सिंगल च्याम्बर पेस मेकरमा दाँया अरिकल या भेन्ट्रीकलमा एउटा तार गएको हुन्छ र डबल च्याम्बर पेस मेकरमा दायाँ अरिकल र भेन्ट्रीकलमा एक वटा तार भएको हुन्छ । पेसमेकर राख्न बिरामीलाई बेहोस पार्नु पर्दैन । माथिल्लो छातिको भागमा छाला लाटो पार्ने सुई दिएर करिब दुई इञ्चको घाउ बनाई छालामुनि पेसमेकर ब्याट्री राखिन्छ । पेसमेकर तार हुँदै मुटुको कोठामा लगिन्छ र ब्याट्रीसँग जोडिन्छ ।
pasemekar
पेसमेकर राखेकाहरूले दैनिक जीवनमा विभिन्न क्रियाकलापमा ध्यान दिनुपर्छ । पेसमेकर राख्ने शल्यक्रिया गरेको शुरूका केही दिनहरुमा यन्त्र राखेको तर्फको हात धेरै चलाउन हुदैन । डाक्टरको सल्लाहअनुसार केही दिनपछि दैनिक क्रियाकलाप घुम्न जाने, गाडी चलाउने, नुहाउने, पौडी खेल्ने, यौनसम्पर्क गर्ने , पेशागत काममा जाने , हिडडुल गर्ने र फुटबल खेल्ने गर्न सकिन्छ । यन्त्र राखेपछि चक्कर लागेमा, घाउ पाकेमा, पेसमेकर राखेको तर्फको हात सुन्निएमा तुरुन्तै सम्बन्धित डाक्टरसँग सल्लाह लिनुपर्छ ।
दैनिक जीवनमा देखिने धेरैजसो विद्युतीय उपकरणले पेसमेकरलाई असर गर्दैन तर कहिलेकाँही कुनै विद्युतीय उपकरणहरू माइक्रोवेभ, टेलिभिजन, रेडियो, मोबाईल, फोन, हेयर ड्रायल, वासिङ मेसिन को नजिक जाँदा चक्कर लागेमा त्यस्ता उपकरणलाई बन्द गर्ने या टाढा जाने गर्नुपर्छ । यस्ता उपकरणमा प्रयोग भएका ब्याट्रीको धेरै नजिक हुँदा पेसमेकरलाई असर गर्ने हुन सक्दछ तर यो असर तत्कालीन मात्रै हुन्छ । मोबाईल फोनलाई पर हटाउने वित्तिकै यसको असर हटेर जान्छ । त्यसैगरी फोन उठाउदाँ समेत पेसमेकर राखेको तर्फको भन्दा अर्को हातले उठाउँनु राम्रो हुन्छ ।
एयरपोर्ट जस्ता संवेदनशील ठाउँमा राखिएका स्क्रिनिङ उपकरणले पेशमेकरलाई असर गर्दैन् । तर यसले धातुलाई पहिचान गर्ने हुँदा यस्ता ठाउँमा पेसमेकर परिचयपत्र देखाउनुपर्ने हुन्छ । पेसमेकर परिचयपत्र जहिले पनि आफुसँगै राख्नुपर्ने हुन्छ ।
टाढा राख्नुपर्ने विद्युतीय उपकरण
इलेक्ट्रीक एआरसी विलडिङ इक्यूपमेन्ट
कारखानामा प्रयोग हुने डिभाईस हिटर
इलेक्ट्रीक स्टिल फर्नास
विद्युतको पावर हाउस
डा.मनबहादुर के.सी. ,मुटुरोग बिशेषज्ञ एवं निर्देशक, गंगालाल ह्दय केन्द्र

0 comments:
Post a Comment