Recent

9 0 million Android phones in danger, you also had that?


सफ्वेयरमा रहेको गडबडीका कारण करोडौं एन्ड्रोइड फोनको डेटा ह्याक हुने खतरा बढेको छ । अमेरिकी कम्पनी क्वालकमले बनाएको चिपसेट्समा चलेका सफ्टवेयरको जाँचको क्रममा यस्तो खतरा पत्ता लागेको हो । चेकप्वाइन्टका शोधकर्ताले सफ्टवेयरमा रहेका यस्तो बग्सको  खोजी गरिरहेका छन् । कम्पनीका अनुसार झण्डै ९० करोड एन्ड्रोइड फोनमा क्वालकमको प्रोसेसर प्रयोग भएको छ । अहिलेसम्म ह्याकरले यो कमजोरीको फाइदा लिएको प्रमाण अहिलेसम्म आएको छैन ।
चेकप्वाइन्टका अधिकारी माइकल शाउलवले भने ‘अबको तीन चार महिना भित्र ह्याकरले यो कमजोरीको फाइदा पक्कै लिने छन् ।’ फोनको ग्राफिक्ससँग सम्बन्धित सफ्वेयर र फोनको भित्री प्रक्रियाको बिचमा कम्युनिकेशन चलाउने कोडमा खराबी भेटिएको हो ।

यसबाट प्रभावित हुनसक्ने मोवाइल

  • ब्ल्याकबेरी प्रिव र डिटेक ५०
  • ब्ल्यकफोन १ र ब्ल्याकफोन २
  • गुगल नेक्सस ५ एक्स, नेक्सस ६ र नेक्सस ६ पी
  • एचटिसी वान, एचटिसी एम ९ र एचटिसी १०
  • एलजी जि ४, एलजी जि ५ र एलजी भि १०
  • मोटोरोलाको न्यु मोटो एक्स
  • वानप्स वान, वानप्स टु र वानप्लस थ्री
  • सामसुङ ग्यालेक्सी एस ७ र सामसुङ एस ७ एज (अमेरिकी भर्सन)
  • सामसुङ एस ७ एज
  • सोनी एक्सपिरिया जेड अल्ट्रा
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment