ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत आर्चरी (धनुकाँड) खेलमा नेपालका जीतबहादुर मोक्तानले मंगलबार प्रतिस्पर्धा गर्दैछन् । अन्तिम ६४ को खेलमा मोक्तानले भारतका अतनु दाससँग प्रतिस्पर्धा गर्ने छन् । खेल नेपाली सयम अनुसार बेलुका ८ बजेर २१ मिनेटमा हुनेछ । उनले पुरुष ७० मिटर आर्चरीमा दाससँग खेल्न लागेका हुन् ।
उनी गएको शुक्रबार भएको र्याङकिङ चरणमा ६ सय ७ स्कोर गरेर ६० औं स्थानमा रहेका थिए । ६ सय ८३ स्कोर गरेका दास भने पाँचौं स्थानमा परेका थिए । ३६ वर्षका मोक्तान दासलाई पछि पार्न सके अन्तिम १६ मा पुग्ने छन् ।
उनले फाइनल चरणमा स्थान बनाउन अन्तिम १६ बाट पनि छनोट हुनु पर्नेछ । मोक्तानको सबैभन्दा राम्रो प्रदर्शन भने ६ सय ४२ छ । उनले गएको वर्ष बैंककमा भएको एसियन च्याम्पियनसिपमा यो प्रदर्शन गरेका थिए ।

0 comments:
Post a Comment