काठमाडौं, साउन २५ – ब्राजिलमा जारी रियो ओलम्पिकमा नेपालीकी जुडो खेलाडी फुपूल्हामु खत्रीले मंगलबार प्रतिस्पर्धा गर्ने छिन् । १२ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्णपदक जितेकी फुपूले ६३ केजीमुनिको स्पर्धामा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
यो स्पर्धामा ओलम्पिकमा ३६ खेलाडी सहभागी छन् । फुपू कठिन समूहमा परेकी छन् । उनले पहिलो चरणमा क्युवाकी खेलाडी २६ वर्षकी इस्पिनोसालाई हराउन सके अन्तिम १६ मा पुग्ने छिन् ।
यो खेल नेपाली समय अुनसार बेलुका सात बजेर १३ मिनेटमा हुनेछ । २१ वर्षकी फुपूले रियो प्रस्थान गर्नुअघि ओलम्पिकको पाँच मिनेट (पूरा खेल अवधि) टिक्ने बताएकी थिइन् । ओलम्पिकमा खेल्न पाउनु नै ठूलो कुरा रहेको बताउँदै उनले पूरा खेल अविधि टिक्ने प्रयास गर्ने जोड दिइन् ।

0 comments:
Post a Comment