गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको ज्यान गयो
कैलालीको पहलमानपुरमा गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।
पहलमानपुर १ पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिम आउँदै गरेको से १ ख १३३९ नम्बरको बसको ढोकाबाट खसेर सहचालक सुमन सिंहको मृत्यु भएको हो ।ट्राफीक प्रहरी जवान खडक सिंह ऐरले बसको ढोकामा उभिराखेका बाजुरा जुकोट गाविस २ का अन्दाजी १७ वर्षीय सुमनको ढोकाबाट सडकमा खसेर मृत्यु भएको बताएका छन् । बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका सिंहको पद्मा अस्पताल अत्तरियामा सामान्य उपचारपछि थप उपचारका लागि भारतको बरेली लैजाने क्रममा बाटोमै ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । बस चालक धनगढी नगरपालिकाका ३० वर्षका सरोज आर्चाय भने फरार रहेको जनाउँदै प्रहरीले उक्त घटनापछि बसलाई नियन्त्रणमा लिएको बताएको छ ।
0 comments:
Post a Comment