Recent

नेपाली चेलीले जितिन् फ्रान्समा भएको अन्तर्राष्ट्रिय दौड


काठमाडौं, असार १२ – नेपाली चेली मिरा राईले फ्रान्समा भएको ८० किलोमिटर अल्ट्रा दौडको उपाधि जितेकी छिन् । २४ वर्ष अघि भोजपुरको सानो दुम्मामा जन्मेकी विश्वभरका अल्ट्रा धाविकाहरुलाई पछि पार्दै डु म्याराथन डु मन्टे ब्लेन्सको उपाधि जितेकी हुन् । उनले ८० किलोमिट दुरी १२ घन्टा ३१ मिनेट १२ सेकेन्डमा पुरा गरिन् । दोश्रो भएकी अन्ना कोमेटले मिराको भन्दा २३ मिनेट बढी अर्थात १२ घन्टा ५४ मिनेट समय लगाएकी थिइन् ।  उनी नेपाली झण्डा फहराउँदै दौडको अन्तिम विन्दुमा पुगेकी थिइन् । मिराले यसअघि हङकङमा भएको ५० किलोमिटरको एसियन स्काई–रनिङ अल्ट्रा च्याम्पिनसिप र इटालीमा भएको इन्टरनेशनल अल्ट्रा रनको उपाधि पनि जितेकी थिइन् । उनले नेपालमै  भएका हिमालयन आउटडोर फेष्टिवलमा ५० किमी दुरीको ट्रेल रेस,  १ सय ५७ किमीको मुस्ताङ ट्रेल रेस पनि जितेकी थिइन् ।भोजपुरमा जन्मेकी मिरा १४ वर्षको उमेरमा तत्कालिन माओवादी सेनामा लागेकी थिइन् । उनी सेनामा भर्ना भए लगत्तै माओवादी शान्ति प्रक्रियामा आयो । लडाकु प्रमाणीकरणमा अनमिनले अयोग्य घोषित गरेपछि उनको बाटो बदलिएको थियो । उनी सहयोगीको माध्यमबाट काठमाडौं आएर दौडमा आफ्नो भविश्य खोज्न थालिन् । जसमा उनले सफलता पनि पाउँदै गएकी छिन् ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment