विश्वको सबैभन्दा लामो अजिङगर मर्यो
मलेसियाका अधिकारीले एक निर्माण स्थलमा एउटा ठूलो अजिङगर फेला परेको बताएका छन् । यो मानिसले अहिलेसम्म भेटेका मध्ये सबैभन्दा लामो अजिङगर मानिएको छ । यो अजिङगर झण्डै ८ मिटर अर्थात २६ फिट लामो छ । गएको बिहीबार मलेसियाको पेनाङग द्विपमा भाच्चिएको रुखमुनि यो अजिङगर फेला परेको हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार अहिलेसम्मको सबैभन्दा लामो सर्प ७ दशमलव ६७ मिटर अर्थात २५ फिटको छ । गएको आइतबार अण्डा पारेपछि यो अजिङगर मरेको पेनाङगको दक्षिणपश्चिमी जिल्लाका सरकारी अधिकारी हेर्मे हेरिस्यामले बताउनुभयो । यो अजिङगरको तौल दुई सय ५० किलो रहेको र यसलाई नियन्त्रणमा लिन ३० मिनेट लागेको थियो । यो अजिङगरलाई सरकारी वन विभागलाई जिम्मा लगाउनु पर्ने थियो तर त्यसअघि नै मरेको सरकारी अधिकारीले बताए ।
0 comments:
Post a Comment