Recent

नकाटिएको हिरा


काठमाडौँ, १६ असार - विश्वको सबै भन्दा ठूलो नकाटिएको हिरा लिलामीका राखिएपनि बिक्री भएन।

लेसेडी ला रोना नाम गरेको यो हिराको आकार टेनिस बलको जत्रै छ। १, १०९ क्यारेटको यो हिरा दुई अर्ब ५० करोड वर्ष पुरोना भएको मानिन्छ। गएको वर्षको नोभेम्बरमा बोट्सवानामा उत्खनन्को क्रममा लेसेडी ला रोना फेला परेको थियो। मंगलबार लण्डनमा यो हिरा लिलामीका लागि राखिएको थियो। 

लिलामीको न्युनतम मूल्य सात करोड अमेरिकी डलर राखिएको थियो। तर लिलामीमा हिरा किन्न आएकाले लगाएको अधिकतम बोली ६ करोड १० लाख डलर मात्रै रह्यो। त्यसपछि हिरा लिलामी नर्गने निर्णय भयो। यो हिरा अहिलेसम्म कै सबैभन्दा गुणस्तरको हिरा मानिएको छ। 

लण्डनको सोथ्वीमा लिलामीमा राखिएको हिरा प्रशोधन नगरिएको अहिलेसम्म कै ठूलो हिरा हो। बोट्सवानाको स्थानीय भाषमा ’लेसेडी ला रोना’ को अर्थ ’हाम्रो प्रकाश’ हुन्छ। लिलामीमा हिरा बिक्री भएको भए त्यसको ६० प्रतिशत हिस्सा बोट्सवानाको सरकारले पाउने थियो।

जेमोलोजिकल इन्ष्टिच्युट अफ अमेरिकाले गरेको अध्ययन अनुसार यो हिरा रंग तथा पारदर्शिताको आधारमा आइआइए श्रेणीमा पर्छ। यो श्रेणीको हिरा रासायनिक रुपमा सबै भन्दा शुद्ध तथा पारदर्शी हुन्छ। दुई प्रतिशत हिरामात्रै यो श्रेणीमा पर्छन्। 

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment