Recent

रातो खुर्सानीमा

काठमाडौं, १५ असार । आयुर्वेद चिकित्सकहरू रातो खुर्सानीलाई हृदयघातको उपचारको लागि वरदान मान्ने गर्दछन् । एक चिकित्सकले आफ्नो ३५ बर्षको करियरमा हृदयघातका विरामीलाई धेरैलाई ठीक भएको दाबी गरेका छन् । यस उपचारमा रातो खुर्सानीको एक घोल एकदमै कारगर सिद्ध भएको छ । हो, रातो खुर्सानीमा पाइने खास गुण भएको स्कोवाइलले हृदयसम्बन्धी रोगबाट बच्न मद्दत गर्दछ ।

रातो खुर्सानीमा ९० हजार यूनिट स्कोवाइल पाउन सकिन्छ ।  यदि तपाईले पनि कसैलाई हृदयघात भएको व्यक्ति भेट्नुभयो भने एक चम्चा रातो खुर्सानी एक गिलास पानीमा घोलेर दिनुभयो भने एक मिनेटमै सुधार आउन सक्छ । यस घोलको असर केवल बिरामी होसमा भएको अवस्थामा मात्रै हुन्छ ।  तर, बेहोस भएको अवस्थामा बिरामीका लागि अर्काे उपाय अपनाउनु जरुरी हुन्छ । रातो खुर्सानीको जुस बनाएर बिरामीको जिब्रोको तल केही थोपा हालिदियो भने छिट्टै सुधार आएको पाउन सकिन्छ ।  रातो खुर्सानी एक शक्तिशाली उत्तेजक हो । यसको प्रयोगबाट हृदयको गति बढ्न जान्छ । यसबाहेक रगतको प्रवाह शरीरको भागमा सुचारु हुन थाल्दछ । यसमा हेमोस्टाटिक प्रभाव हुन्छ जसले रगत निस्कन तुरुन्त बन्द हुन्छ । रातो खुर्सानीको यस प्रभावको कारण हृदयघातको बिरामीलाई ठीक हुन मद्दत गर्दछ ।  हृदयघातको बचावको लागि तुरुन्त प्रयोग गर्न सकिनेगरी खुर्सानीको घोल बनाउन सकिन्छ ।

रातो खुर्सानीको धुलो, ताजा रातो खुर्सानी र अल्कोहलको प्रयोग गरी यस्तो घोल बनाउन सकिन्छ ।  एक सिसाको बोत्तल लिनुस् । यसमा एक चौथाई भागमा धुलो रातो खुर्सानी होल्नुस् र खुर्सानी भिज्ने गरी रक्सी हाल्नुस् । त्यसपछि ताजा खुर्सानी र अल्कोहल राम्रोसँग मिक्सरमा पिसेर बोत्तलको तीन चौथाई भाग भर्नुस् । यस मिश्रणलाई दुई हप्तासम्म एक अँध्यारो ठाउँमा राख्नुस् । दुई हप्तापछि यस मिश्रणलाई छान्नुहोस् । यदि अझै प्रभावकारी औषधिको रुपमा यसलाई प्रयोग गर्न चाहनुहुन्छ भने तीन महिनासम्म अँध्यारो ठाउँमा राख्न सक्नुहुन्छ ।  हृदयघात हुन खोजेमा वा भएमा होसमा रहेका बिरामीलाई यो मिश्रण ५ देखि १० थोपासम्म दिनुपर्दछ । पाँच मिनेटपछि उत्तिनै मात्रामा यो घोल बिरामीलाई दिनुपर्दछ । पाँच मिनेटको अन्तरालमा बिरामीको स्वास्थ्यमा सुधार नआएसम्म यो प्रक्रिया दोहोर्‍याउन सकिन्छ । यदि बिरामी बेहोस् छ भने जिब्रोको तल राखिदिन सकिन्छ । यसमा १ देखि ३ बुँदा राख्न सकिन्छ । यसो गर्दा पनि समय समयमा प्रक्रिया दोहोर्‍याउन सकिन्छ ।  बैज्ञानिक अनुसन्धानका अनुसार रातो खुर्सानीमा २६ भिन्न प्रकारको पोषकतत्व रहने गर्दछ । क्याल्सियम, जिंक, सेलेनियम तथा म्याग्नेसियम लगायत मिनरल तथा भिटामिन सी जस्ता शक्तिशाली तत्वहरू पाउन सकिन्छ रातो खुर्सानीबाट । रातो खुर्सानी हृदयलाई स्वस्थ राख्न कारगर छ । यो एक शोधमा आधारित सूचना हो त्यसैले उपाय अपनाउनु अगाडि चिकित्सकको सल्लाह लिनु जरुरी छ ।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=219295#sthash.kEuz900N.dpuf
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment