Recent

गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको ज्यान गयो

असार १६, कैलालीको पहलमानपुरमा गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । 

पहलमानपुर १ पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिम आउँदै गरेको से १ ख १३३९ नम्बरको बसको ढोकाबाट खसेर सहचालक सुमन सिंहको मृत्यु भएको हो ।

अत्तरीयाका ट्राफीक प्रहरी जवान खडक सिंह ऐरले बसको ढोकामा उभिराखेका बाजुरा जुकोट गाविस २ का अन्दाजी १७ वर्षीय सुमनको ढोकाबाट सडकमा खसेर मृत्यु भएको बताएका छन् । 

बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका सिंहको पद्मा अस्पताल अत्तरियामा सामान्य उपचारपछि थप उपचारका लागि भारतको बरेली लैजाने क्रममा बाटोमै ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । 

बस चालक धनगढी नगरपालिकाका ३० वर्षका सरोज आर्चाय भने फरार रहेको जनाउँदै प्रहरीले उक्त घटनापछि बसलाई नियन्त्रणमा लिएको बताएको छ । - See more at: http://dcnepal.com/news/news.php?nid=219297#sthash.z0ZMlowo.dpuf
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment