Recent

भारतको नयाँ खेल:

  । सत्तागठबन्धनको दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्र नयाँ सरकारको खेलमा लागेर थचक्क बसेको केहि हप्ता पछि फेरि अर्को खेल सुरु भएको छ ।



पछिल्लो समय पनि सरकार परिवर्तनको खेलमा नेकपा माओवादी केन्द्रका प्रचण्डनै सक्रिय देखिएका छन् ।
नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने वा सत्ताको नेतृत्वकर्ता एमालेसँग सहमति गरेर बढ्ने दुई विकल्पमा प्रचण्डले भित्र भित्रै छलफल चलाएका छन् ।



पार्टीका उच्च नेताहरुबीच सरकार परिवर्तन गर्नेमा एकमत भएपनि कांग्रेस समात्ने या एमालेसगैँ मिल्ने अन्योल नै रहेको एक नेताले बताए ।



माओवादी केन्द्रका नेता बर्षमान पुन, कृण्णबहादुर महरा, गोपाल किराँतीले माओवादी केन्द्रमा सरकारको विकल्पका नयाँ सरकार बनाउने निर्णय अनुसार कांग्रेस र एमालेका केहि नेतासगँ भित्र भित्रै छलफल चलाएका छन् । हिजो असार १५ बाट नै ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको ती माओवादी नेताहरुको दाबी छ 
बजेट पारित गर्नु अगाडि नै यो सरकार विस्थापित हुने र अर्को सरकार बनाउने नेकपा माओवादी केन्द्रको तयारी रहेको छ । पहिलो प्रयास प्रचण्डको नेतृत्वमा सरकार बनाउन रहने र त्यो सम्भव  नभए केही सर्तसहित कांग्रेसका सभापति शेरबहादुर देउवालाई स्वीकार गर्न सकिने पनि बताइएको छ ।
त्यसो त तत्काल भारत पनि प्रचण्डको पक्षमा देखिए पछि नेकपा माओवादी केन्द्रले आफ्नो सक्रियता बढाएको समाचार स्रोतको दाबी छ । भारतले देउवालाई भन्दा प्रचण्डलाई नै अगाडि बढाउने रणनीति बनाएको बुझिएको छ ।
देउवाको बिगतले गर्दा भारत अझै ससङ्कित भएको स्रोतको दाबी छ । त्यसै गरि प्रचण्डलाई चिनको समेत साथ हुने हुदाँ प्रचण्ड प्रधानमन्त्रीका लागि बलियो उमेद्वार त होइन् भन्ने चर्चा पनि राजनितिक बृतमा चलेको छ ।

Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment