Recent

बलात्कार गर्ने बाबुलाई २३ वर्ष कैद सजाय

असार १६, सात वर्षीया छोरी बलात्कार गरेको आरोपमा मोरङ अदालतले बाबुलाई २३ बर्ष कैद सजाय सुनाएको छ ।

छोरी बलात्कार गरेको आरोपमा मोरङ कोशी हरैचा ४ बस्ने बाबु लखन उरावलाई असार १५ मा मोरङ अदालतले २३ बर्ष कैद सजाय सुनाएको हो ।

बाबु लखनलाई अदालतका एक नम्बर न्यायधिश बिनोद मोहन आर्चायको इजलासले मुलुकी ऐन जर्बदस्ती करणीको महल ३ एक र हाडनाता करणीको महल ९ क मा उल्लेख भए अनुसार २३ बर्ष कैद सजाय सुनाएको क्षेस्तेदार नवराज दुलालले बताएका छन् । 

उनका अनुसार अदालतले पिडित बालिकालाई ३५ हजार जरीवना भराउने फैसला पनि गरेको छ । २०७१ चैत २८ मा यौनपिपासु बाबु लखनलाई आफ्नै सात बर्षकी नावालिका छोरीलाई निर्मतापुर्वक बलात्कार गरेको आरोपमा बेलबारी प्रहरीले पक्राउ गरेको थियो 
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment