Recent

Tite for health and beauty benefits of bitter gourd


कतिपयलाई करेलाको तितो स्वाद मन नपर्न पनि सक्छ तर यसको औषधीय र सौन्दर्य गुणले भने नसोचेको लाभ मिल्दछ ।खासगरी करेलामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ए, भिटामिन सी, केरोटिन, ग्लुकोलाइड, सेपोनिन, एल्केलाइड, लिर्टस आदि तत्वहरु स्वास्थ्य र सौन्दर्यका लागि निकै फाइदाजनक मानिन्छ ।

करेलाको सेवनले हुने फाइदाहरु
-मधुमेहबाट पीडित ब्यक्तिले सधै करेलाको रस पिउनाले समस्या निराकरणमा निकै मद्धत पद्धत गर्छ ।
-जन्डिसका विरामीले करेलाको पातको रसमा थोरै हरडको धूलो मिलाएर बिहान बेलुका पिउनाले जन्डिसका निको पार्न मद्धत गर्छ ।
-पत्थरीको समस्या भएको व्यक्तिले हरेक दिन विहान बेलुका करेलाको हरियो पातको रसलाई दहीमा मिलाएर पिउने गर्नुस पत्थरी गलेर निस्कनपनि सक्छ ।
-पेटमा किराको कारणले यदि पेट दुःख्ने समस्या छ भने बिहान बेलुका गरी तीन दिनसम्म करेलाको रस पिउनुस पेटका किरा नष्ट हुन्छ र तपाईलाई राहत मिल्छ ।
-काँचो करेलाको रसलाई मनतातो बनाएर जोर्नी दुःखेको ठाउँमा लगाउनले दुःखाईमा राहत मिल्छ ।
-करेलाको रस पिउनाले पिसाब सफा हुन्छ र पिसाब पोलेकोमा पनि आराम मिल्छ ।

सौन्दर्यमा फाइदा
-तपाईको अनुहारमा दाग आएको छ भने तपाई करेलाको सेवन गर्नुस यसले रगत सुद्ध बनाउछ र अनुहारमा दाग पनि आउदैन ।
-धेरै भिटामिन ए पाइने करेला एक राम्रो एन्टी अक्सिडेन्ट हो जसले छालालाई स्वस्थ बनाउन मद्धत गर्छ
-करेला सेवनले एन्टीएजिङको काम पनि गर्छ । यसको सेवनले छाला जवान र चक्किलो देखिन्छ ।
-पोतो–पोतोको गहिरो दागमा करेलाको पात पिसेर लगाउनाले दाग हराउँछ । – नेपाली हेल्थ
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment