Recent

"The event in the history of Nepal is considered the most controversial decision.


नेपालको इतिहासमा यस्ता थुप्रै शासक छन् जसका सन्कीपन उदाहरणीय छन् । यस्तै सन्की शासकमध्ये एक थिए— राजा रणबहादुर शाह । राजा रणबहादुर शाहले एकपछि अर्को गर्दै पाँचवटा विवाह गरेका थिए । तीमध्ये तेस्री कान्तवती थिइन् । उनी मैथिली ब्राह्मणकी छोरी थिइन् ।

बालविवाहपछि विधवा जीवन बिताइरहेकी कान्तवती पशुपतिनाथको तीर्थयात्रामा आएका बेला राजा रणबहादुर शाहको नजरमा परेकी थिइन् । उनीबाट जन्मिएको बालकलाई नै आफ्नो उत्तराधिकारी बनाउने वचन दिएर रणबहादुर शाहले उनीसँग विवाह गरेका थिए ।

राजा रणबहादुर शाहले कान्तवतीबाट जन्मिएका राजकुमार गिर्वाणयुद्ध विक्रम शाहलाई उत्तराधिकारी बनाउने क्रममा आफ्ना जेठा राजकुमार रणोद्योत शाहलाई अवैधानिक घोषित गरेका थिए । यो घटना नेपालको इतिहासमै सर्वाधिक विवादास्पद निर्णय मानिन्छ । कान्तवतीले आफ्नो छोरा आफू जीवित छँदै राजा भएको हेर्ने इच्छा व्यक्त गरेपछि रणबहादुर शाहले गद्दी त्याग गरी गिर्वाणयुद्ध विक्रम शाहको राज्याभिषेक गराएका थिए ।

संन्यासपछि रणबहादुर शाह आफ्नो नामसमेत परिवर्तन गर्दै आफूलाई स्वामी निर्वाणानन्द घोषणा गरी उपत्यकाका मठ–मन्दिरहरूमा बस्न थालेका थिए । त्यसपछि कान्तवती पनि संन्यास धारण गरी स्वामी निर्वाणानन्दसँगै रहन थालिन् । यसबीच कान्तवतीलाई शितला रोगले समात्यो । रोगको उपचारका लागि स्वामी निर्वाणानन्दले ब्राह्मणहरूलाई दान–दक्षिणा दिनेदेखि अनेक देवी–देवताको पूजापाठसमेत गराए । यद्यपि कान्तवतीको जीवन बचाउन सकिएन । कान्तवतीको निधनपछि स्वामी निर्वाणानन्दको होस ठेगानमा रहेन । उनले त्यसपछि काठमाडौंमा जे–जस्तो उत्पात मच्चाए त्यसको अर्को उदाहरण इतिहासमा फेला पार्न सकिँदैन । कान्तवतीको निधनपछि स्वामी निर्वाणानन्दले आफूले ब्राह्मणलाई दान गरेका सम्पूर्ण धन–सम्पत्ति फिर्ता लिनुका साथै पूजापाठ गराएका देवीदेवताका मन्दिरहरूसमेत तोडफोड गर्न लगाए । यो घटनालाई इतिहासको उल्लेख्य अविवेकी घटना पनि मानिएको छ ।
Share on Google Plus

About skynewsnepal

0 comments:

Post a Comment